कालोबजारी गर्ने १९ वटा पम्प कारबाहीमा

काठमाडौं: पेट्रोलियम पदार्थ बिक्रीमा कालोबजारी गर्ने काठमाडौं उपत्यका काभ्रेका १९ वटा पेट्रोल पम्प सञ्चालनमा सरकारले रोक लगाएएको छ।
 
पम्पमा प्रयोग हुने रिमोट, रिसिभर, डिभाइस र चिप्स बिगारेर कम परिमाणमा तेल बिक्री गरेर उपभोक्ता ठगेको भन्दै गुणस्तर तथा नापतौल विभागले १९ पम्पको सञ्चालनमा आइतबारदेखि रोक लगाएको छ।
 
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार अनुगमनका क्रममा बालोबजारी गरेको पाइएपछि बालाजुको क्रिस्टल, धुम्बाराहीको राजधानी, टोखाको दिब्य सप्लायर्स, स्वयम्भुको न्यु बंगलामुखी, बालाजुकै पुजाकोठी, काठमाडौंको कामाख्या र न्यु पुष्पाञ्जली पम्प सञ्चालनमा रोक लगाइएको हो।
 
यसैगरी ललितपुरको त्रिशक्ति, महालक्ष्मी, युनिक र गायत्रीदेवी तथा भक्तपुरको भक्तपुर र प्रविण पम्पको सञ्चालनमा पनि रोक लगाइएको छ। काभ्रेप्लाञ्चोकका उग्रचण्डी, माता उग्रचण्डी, जय अम्बे, नारायण, पाँचखाल र माता पलाञ्चोक पम्पमा पनि रोक लगाइएको छ।
 
केही दिन अघि प्रहरी र विभागको संयुक्त टोलीले ती पम्पमा अनुगमन गर्दा रिमोट र चिप्स बिगारेर उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गर्दै आएको रहस्य खुलेको थियो। 
 
पम्पमा जडान गरिएको डिभाइस र रिमोट भारतका नसिम सिद्दिकी, अयुव आलम, हमिद हुसेन र मोहम्मद अबरारले बिगारेर पम्प सञ्चालकको मिलोमतोमा जडान गरेका थिए।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment