|
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका मन्त्री पौडेलले देश भित्रको समस्या वार्ता र सम्वादबाट नै समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्री पौडेलले भारतीय नाकाबन्दीको कारण आपूर्ति व्यवस्थापनमा आएको असहजतालाई छिट्टै समाधान गरिने गरी काम अगाडि बढाइएको बताउनुभयो ।
नेपाली जनताले संविधान बनाएर के गल्ती गरेका छन् र छिमेकीले यस्तो असहयोग गरिरहेको छ भन्दै मन्त्री पौडेलले भन्नुभयो हामीले के गल्ती गरयाँै र जसको कारण एउटा छिमेकीले नाकाबन्दी जस्तो उपहार दिइरहेको छ ?
मन्त्री पौडेलले अहिलेको सीमाङ्कनमा आवश्यक्ताअनुसार संशोधनसमेत गर्न सकिने जनाउँदै प्रदेशको सीमाङ्कनको विषयमा आयोगमाफर्त तथा संसदीय आयोग बनाएर पुनःबिचार गर्न सकिने बताउनुभयो ।
मन्त्री पौडेलले नाकाबन्दीको कारण मुलुकमा मानविय सङ्कट हुने अवस्था आएको बताउँदै यसलाई कूटनीतिक तवरले समाधान गर्ने उल्लेख गर्नु भयो । रासस -
|
0 comments:
Post a Comment