|
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा निजी भ्रमणको सिलसिलामा आज भारतको बैङ्गलोरतर्फ प्रस्थान गरेका छन् ।
परराष्ट्र मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री थापा मङ्गलबार त्यहाँ आयोजना हुने धार्मिकसभामा भाग लिएपछि दिल्ली पुग्नेछन् ।
दिल्लीमा रहँदा उपप्रधानमन्त्री थापाले भारतीय नेताहरुसँग नेपालको समसामयिक विषयमा अनौपचारिक भेटवार्ता र छलफल गर्ने सम्भावना रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । उपप्रधानमन्त्री थापा बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।
|
0 comments:
Post a Comment