को बन्ला यो वर्षको उत्कृष्ट फुटबलर ?

काठमाडौं, मंसिर १५ । अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले यो वर्षको उत्कृष्ट फुटबलर अर्थात बलुन’डी ओर उपाधिका लागि तीन खेलाडीको अन्तिम मनोनयन सार्वजनिक गरेको छ ।
फिफाले सोमबार राति सार्वजनिक गरेको अन्तिम सूचीमा बार्सिलोनाका अर्जेन्टाइनी खेलाडी लियोनल मेस्सी, सोही क्लबका ब्राजिलियन खेलाडी नेइमार र रियल मड्रिडकापोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डो रहेका छन् ।
फिफाले आगामी जनवरी ११ तारिखमा स्वीजरल्याण्डको ज्युरिचमा हुने समारोहमा वर्षको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्नेछ । अजर्नेन्टाइनी खेलाडी मेस्सी र पोर्चुगलका रोनाल्डोले पछिल्लो सात वर्षदेखि बलुन डे’ओर उपाधिमाथि कब्जा जमाउँदै आएका छन् ।
मेस्सीले चार तथा रोनाल्डोले तीन पटक यो उपाधि जितेका छन् । यो वर्ष नेइमारले बालोन डी’ओर जितेको खण्डमा सात वर्षदेखि रहँदै आएको रोनाल्डो–मेस्सीको विजयी शृङ्खला तोडिनेछ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment