|
काठमाडौँ १५ मंसिर । भारतीय नाकाबन्दी समस्या समाधानमा नेपालको कुटनीति (डिप्लोमेसी) कमजोर भएको ठहर बेलायती मन्त्रीले गरेका छन् । नाकाबन्दी नभनि बेलायती मन्त्रीहरुले भारतसँगको कमजोर ‘डिप्लोमेसी’ ले समस्या झन् बल्झँदै जाने संकेत पाइएको धारणा व्यक्त गरेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
बेलायती विदेश मन्त्रालय (एफसीओ) को निमन्त्रणामा इन्टरनेशनल लिडर्स प्रोग्राममा लन्डन आएका नेपाल तरुण दल अध्यक्ष एवं सभासद उदय शमशेर राणासँगको भेटमा विदेश राज्यमन्त्रीहरु ह्युगो स्वायर र जेम्स् डड्रिजले नेपालका वरिष्ठ नेताहरु नै भारत सरकारप्रति आक्रामक देखिनु उचित नहुने धारणा राखेका थिए ।
|
0 comments:
Post a Comment