जनकपुर, १४ मंसिर ।प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जुलुस निकाल्ने तयारी गरिएपछि त्यसको विरोधमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरिरहेका छन् । मधेशी मोर्चाको आन्दोलनको समर्थनमा कांग्रेसले जनकपुरमा आफ्नो पार्टीको झण्डा सहित प्रदर्शन गर्ने भएपछि मोर्चाका कार्यकर्ताले त्यसको विरोध गरेका हुन् । उनीहरुले पार्टी झण्डा नभइ कालो झण्डा बोकेर प्रदर्शन गर्न कांग्रेसलाई सुझाव दिएका छन् । पार्टीको झण्डा बोकेर प्रदर्शनमा उत्रिए त्यसलाई अवरोध गर्ने चेतवानी मोर्चाका कार्यकर्ताले दिएका छन् । पार्टीको झण्डा बोकेर प्रदर्शन गर्दा आफूहरुको आन्दोलन ओझेलमा पर्ने भन्दै मोर्चाका कार्यकर्ताले पार्टीको बिना झन्डा आन्दोलनका सहभागी हुन कांग्रेसलाई आह्वान गरेका हुन् । कांग्रेसले जनकपुरको गोपाल धर्मशालाबाट जलुस निकाल्ने निर्णय गरेपछि धर्मशालाको चारैतिर मोर्चाका कार्यकर्ताले घेरा हालेर प्रदर्शन गरिरहेका छन् ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment