इन्धन ल्याउन दिने बंगलादेशको स्पष्टोक्ती

काठमाडौं, १४ मंसिर । भारतले सम्झौता विपरीत इन्धन दिई नेपालमा नाकाबन्दी जारी राख्दा जनजीजन सकस पूर्ण बनिरहेका बेला बंगलादेशले इन्धन ल्याउनका लागि ट्राजिन्टको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको बताएको छ ।
रिपोर्टर्स क्लव नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सले नेपालले बाहिरबाट इन्धन र ग्याँस ल्याए ट्रान्जिटको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको जानकारी दिएकी हुन् ।
बंगलादेश आफैले इन्धन उत्पादन गर्ने नभइ आयात गर्ने भएकाले नेपालले तेस्रो मुलुकबाट इन्धन ल्याउने हो भने बन्दरगाह ट्रान्जिटको रुपमा दिन तयार रहेको उनको भनाइ छ । बंगलादेशले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न भनिसकेको उनले जानकारी दिइन् । नेपाली ढुवानी साधन निर्वाध रुपमा बंगलादेश जान पाउने भएपनि बंगलादेशी ट्रक नेपाल आउन नपाउने भन्दै उनले तत्काल मोटर भेइकल एग्रिमेन्ट गर्नुपर्ने आवश्यकता रहेको औंल्याइन् । 
रोहनपुर सिंहबाद र राधिकापुरसम्म रेल सेवा समेत रहेकोले त्यहाँबाट पनि आयात निर्यातको काम गर्न सकिने बताएकी उनले नेपालबाट बंगलादेश निर्यात गर्न दुई सय ८ बस्तुमा शून्य भन्सार गर्ने प्रस्तावलाई तत्काल नेपाल सरकारले अनुमोदन गरेर अघि बढाउने जानकारी दिइन् ।
यता चीनले नेपाललाई केरुङबाट नभई सिगात्सेबाटै इन्धन लैजान प्रस्ताव गरेको खबर सार्वजनिक भएको छ । चीनको नयाँप्रस्ताव अनुसार सिगात्सेबाट तेल ल्याउने हो भने नेपाली ट्यांकरले झण्डै ५ सय ४८ किलोमिटर दुरी पार गर्नु पर्नेछ । इन्धन खरिदको ब्यापारिक सम्झौताको वातावरण बनाउन चीन गएको नेपाल आयल निगमको टोली सोमबार ( आज ) स्वदेश फर्किँदैछ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment