|
अञ्चल अस्पतालका चारजना चिकित्सकले अतिरिक्त भत्तालगायत विभिन्न तालिममा सहभागी हुनुपर्ने माग राख्दै आइतबारदेखि अनिश्चितकालका लागि बहिरङ्गी सेवा ठप्प पारेका छन् ।
बिहानै ९ बजेदेखि उनीहरुले बहिरङ्ग विभागमा पर्चा टाँस्दै सेवा बन्द गरेको घोषणा गरेर बिरामीको उपचार नगरेका हुन् ।
अस्पताल प्रशासन प्रमुख शिवसिंह भण्डारीले मेडिकल अधिकृत महेश शाह, निलम शाह, हरि शर्मा र योगेश भट्टले सेवा ठप्प पारेको बताउनुभयो । उहाँका अनुसार चारैजना डाक्टरले हाजिर भने गरेका छन् । तर सेवा बन्द गरेका छन् । एकाएक आएर चारैजना डाक्टरले आफ्ना माग पत्र टाँस्दै अस्पतालको सेवा बन्द गरेको प्रशासन प्रमुख भण्डारीको भनाइ छ ।
मेडिकल सुपरिन्टेन्डेन्ट डा श्रीराम तिवारी र लेखा प्रमुख भरत चन्द अनुपस्थित भएको मौकामा उनीहरुले यस्तो गरेका हुन् । चिकित्सकले बिरामीको उपचार नगरेपछि उनीहरु बाध्य भएर बाहिर उपचार गरिरहेका छन् ।
मेडिकल अधिकृत हरिप्रसाद शर्माले आफूहरुलाई अतिरिक्त भत्ता र सुविधा नदिएका कारण आन्दोलन गरेको बताउनुभयो । रासस -
|
0 comments:
Post a Comment