ओलम्पिक अभियानमा गाँसियो एनआरएन

काठमाडौं: नेपाली खेल क्षेत्रको विकासका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सम्झौता भएको छ।
 
सातदोबाटोस्थित एनओसी कार्यालयमा आइतबार आयोजित कार्यक्रममा एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र एनआरएनएका तर्फबाट अध्यक्ष शेष घलेले सम्झौतापत्रमा हस्ताक्षर गरे।
 
सम्झौताअनुसार एनआरएनले नेपालमा चलिरहेको ओलम्पिक अभियानलाई साझेदारका रूपमा सहयोग गर्नेछ। यसैगरी एनआएरएन स्थापना दिवस अक्टोबर ११ तारिखका दिन एनओसीले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्नेछ। 
 
यसैगरी एनआरएनले क्षमतावान् निश्चित खेलाडीको वैदेशिक प्रशिक्षण र खेलकुद प्रतिस्पर्धामा आवश्यक सामग्री उपलब्ध गराउने तथा दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई छात्रवृत्ति प्रदान गर्नेछ।
 
सम्झौतामा खेलकुदको भौतिक पूर्वाधार निर्माण, दाता र बहुराष्ट्रिय कम्पनीहरूको लगानीको खोजी गर्ने पनि उल्लेख छ । एनआरएनका अध्यक्ष घलेले एनओसीसँगको सम्झौताले नेपाली र दोस्रो पुस्ताका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप सुमधुर हुने बताए। 
 
'नेपाली खेलाडीले क्षमता नभएरभन्दा पनि उपयुक्त प्रशिक्षण र अवसर नपाएर उपलब्धि हासिल गर्न नसकेका हुन्। संसारभर छरिएर रहेका एनआएरएन खेलकुदमार्फत नेपालीसँग जोडिन उत्सुक छन्। आशा छ, एनओसीले सबैलाई समेट्नेछ। 
 
नेपालको खेल क्षेत्रलाई सशक्त र प्रभावकारी बनाउन आफ्नो व्यक्तिगत तर्फबाट समेत आर्थिक, भौतिक पूर्वाधारलगायत विकासमा योगदान पुर्‍याउनेछु', घलेले भने।एनओसीका अध्यक्ष श्रेष्ठले एनआरएनएको सहयोगले नेपाली खेलाडीको मनोबल उच्च हुने विश्वास व्यक्त गरे। 
 
'खेल क्षेत्रमार्फत राष्ट्रको शिर उचो बनाउने एनओसीको अभियानमा एनआरएन गासिनु गौरवको कुरा हो', श्रेष्ठले भने। कार्यक्रममा एनआरएनका अध्यक्ष घलेलाई एनओसीको मानार्थ सदस्यतासमेत प्रदान गरिएको थियो।
 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment