स्थानीयको आक्रोस: ‘कार्वाही विना किन छोडेको एसएसबीलाई?’

केचना (झापा): हतियार सहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीका सदस्यहरुलाई विना कार्वाही भारतलाई फिर्ता गरेकोमा केचनाका स्थानीयबासीले प्रशासनप्रति आक्रोस पोखेका छन् । 
 
आइतबार विहान ७ बजे झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा दशगजा छिचोलेर नेपाली बस्तीमा हतियारसहित १३ जना भारतीय सशस्त्र सीमा सुरक्षा बलका सदस्य नेपाल प्रवेश गरेका थिए । 
 
उनीहरुलाई आइतबार दिउँसो २ बजे उनीहरुकै उच्च अधिकारीलाई झापा प्रशासनले बुझाएको थियो ।
 
हतियार सहित नेपाल छिरेपछि गाउँहरुको ठूलो समूहले ‘भारतीय गुण्डागर्दी बन्द गर, हतियारसहित नेपाल आएका एसएसबीलाई कार्वाही गर’ लगायतका नारा लगाउँदै केचनामा प्रदर्शन गरेका थिए । 
 
सोही क्रममा स्थानीयबासी र एसएसबीसंग हात हालाहाल समेत भएको केचना ६ स्थित दिपेन्द्र प्राथमिक विद्यालयका शिक्षक पञ्चानन राजवंशीले बताए । 
 
राजवंशीका अनुसार गाउँले लगायत नेपाल भारत सीमामा व्यापार गर्ने व्यापारीहरुको ठूलो समूहले एसएसबीलाई कार्वाही गर्नुपर्ने माग राखेका थिए । 
 
जब स्थानीयबासीसंग हात हालाहालको स्थिति आयो त्यसबेला सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट केचनाबाट सशस्त्र प्रहरीको टोलीले हतियार सहित नेपाल छिरेका सशस्त्र प्रहरीका सदस्यलाई उद्धार गरेर पोस्टमा लगेर राखेको गाउँलेले बताएका छन् । 
 
अर्का गाउँले केचना ९ का कर्णबहादुर विस्टका अनुसार सशस्त्र प्रहरीले पक्राउ गरेको नभइ गाउँलेसंग उनीहरुको झडप हुने भएकाले उनीहरुलाई उद्धार गरेको हो । 
 
विस्टले हतियार सहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बललाई नेपालमा सम्मान दिएको देख्दा अचम्म लागेको बताए । उनले भने, ‘हतियार सहित अर्काको देशमा आएका एसएसबीलाई कुनै कार्वाही विना छाडेको देख्दा अचम्म लागेको छ । 
 
कम्ती जिल्ला सदरमुकामसम्म लगेर छाडेको भए पनि चित्त बुझाउने ठाउँ रहन्थ्थो ।’ यही कुरा अधिकांश गाउँलेले उठाउने गरका छन् । स्थानीयबासी तथा शिक्षक पञ्चानन राजवंशीले यत्रो पेल्दा पनि नेपालको प्रशासन टुलुटुलु हेरेर बसेकोमा केचनाबासी शान्ति सुरक्षाको स्थितिका विषय निकै चिन्तित बनेको बताए । 
 
हतियार सहित एसएसबी नेपाली गाउँ पसेको खबर पाउनसाथ झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौला र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक भीमबहादुर दहाल केचना गएका थिए । 
 
उनीहरुले हतियारसहित नेपाल छिरेका एसएसबीलाई १२ बटालियन किसनगञ्जका सेकेन्ड इन कमान्डेन्ट शेष भगत नागी र असई नरेश कुमारलाई गाडीमा हाली दसगजामा पुर्याएर जिम्मा लगाए । 
 
सीमा अपराधमा मिलेर काम गर्ने र आइन्दा हतियारसहित नेपाल प्रवेश नगर्ने सम्झौता भइ उनीहरुलाई सम्मानका साथ भारतीय पक्षलाई जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिएका थिए । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment