|
सुवा, १५ कात्तिक । तेल भर्न आज बिहान रसुवागढी नाकाबाट केरुङ गएका नौ वटा ट्याङ्कर आज साँझ रसुवागढी फर्किएका छन् । तीन वटा ट्याङ्कर तेल बोकी हिजो साँझ नेपाल भित्रिएको थियो । आज गएका नौ वटा ट्याङ्कर टिमुरेस्थित भन्सार क्षेत्रमा ल्याइएका छन् ।
नेपाल आयल निगमका प्रवक्ता दीपक बरालका अनुसार आज अबेरसम्मै भए पनि भन्सार प्रक्रिया पूरा गरी भोलि बिहान एकैसाथ १२ वटा ट्याङ्कर काठमाडौँ पठाइने र थप चार वटा ट्याङ्कर भोलि पुनः तेल भर्न केरुङ पठाइने छ ।
यसैबीच, काठमाडौँबाट आएका थप चारवटा ट्याङ्कर तेल भर्न भर्रखरै सदरमुकाम धुन्चेबाट रसुवागढीतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी प्रमुख अवधेश विष्टले जानकारी दिए ।
|
0 comments:
Post a Comment