यसकारण उपप्रधानमन्त्री थापाले रद्द गरे जेनेभा भ्रमण

ताजाखबर, १४ कात्तिक- उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा स्वीट्जरल्यान्डको जेनेभामा हुने मानवअधिकारसम्बन्धी समीक्षा बैठकमा नजाने भएका छन् । उनले शनिबार त्यहाँको भ्रमण रद्द गरेका हुन् । परराष्ट्र मन्त्री समेत रहेका थापाले आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता जारी रहेकाले भ्रमण रद्द गर्नुपरेको बताए । थापा सरकारी वार्ता टोलीका संयोजक समेत हुन् । थापाको भ्रमण रद्द भएपछि अब कात्तिक १६ गतेदेखि २० गतेसम्म हुने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल जाने भएका छन् । बैठकमा विश्वका विभिन्न १ सय ९३ राष्ट्रको सहभागिता रहनेछ ।https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiTJifjnPMtfTb3XzQTTb2HJtMCBzJkH5zOSNmIz0Dawpocc_1ouaoqvztZ9-L8dNXuHIEwSxgnO3bkMqkiYGLObbnZGO-maXHtK0hzEYv2GNcuhLW5EPDj2KKgGaV6iKjauo2uCmD9EpM/s1600/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment