कोइराला परिवारबाट बाहिरिदै गर्दा यसरी एतिहास रच्दै काँग्रेस ! - See more at:

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसले १३औँ महाधिवेशनमा आएर नयाँ इतिहास रचेको छ । यस अघि सभापति पदमा कहिल्यै पनि दुई पटक निर्वाचन भएको थिएन् । राष्ट्रिय सभागृहमा नयाँ नेतृत्वका लागि भएको मतदानमा सभापति पदमा तीनै उम्मेदवारले ५१ प्रतिशत पुर्याउन नसकेपछि केही बेरमा दोस्रो चरणको निर्वाचन हुदैछ । 

देउवाको ११ मत नपुगेकाले पार्टी सभापति बन्न सकेनन् । सभापतिका अर्का प्रत्यासी महामन्त्री कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गरे । खसेको मतमा १०० मत बदर भयो । काँग्रेसको जिल्ला अधिवेशनमा गाउँका मतदाता कम आउने वा आफ्नो विपक्षका मतदाता आउन नदिने अनि थोरै मतान्तरले पनि जिल्ला सभापतिमा विजयी हासिल गर्ने विकृति बढ्दै गएपछि पार्टीमा यो व्यवस्था लागू गरिएको थियो ।
Nepali-Congress-Party-Flag
पोखरामा सम्पन्न १०औँ महाधिवेशनबाट यो व्यवस्था केन्द्रीय सभापतिका हकमा लागू गरियो । जसअनुसार केन्द्रीय सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत अनिवार्य ल्याउनुपर्ने व्यवस्था कायम गरिएको काँग्रेसको इतिहासका जानकारहरुको भनाई छ । काँग्रेसका यसअघिका महाधिवेशनमा सभापति पदमा दुईभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरेपनि यस्तो अवस्था भने कहिल्यै नआएको काँग्रेसका अग्रज नेताहको भनाई छ ।
विसं २०५७ मा पोखरामा सम्पन्न काँग्रेसको १०औँ महाधिवेशनमा नेताहरु गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी सभापतिका उम्मेदवार थिए । कोइराला सभापतिमा ठूलो मतअन्तरले विजयी भए । त्यस्तै, २०६१ सालमा काठमाडौँमा सम्पन्न ११औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र नरहरि आचार्य उम्मेदवार रहनुभएको थियो भने यसमा पनि कोइराला ठूलो मतअन्तरले विजयी भए । त्यसबेला काँग्रेस विभाजित हुनुका साथै नेता देउवा नेपाली काँग्रेस (प्रजातान्त्रिक) को सभापति थिए।
काठमाडौँ मै २०६७ सालमा सम्पन्न पार्टीको १२औँ महाधिवेशनमा सभापति पदमा नेताहरु सुशील कोइराला, देउवा र भीमबहादुर तामाङले प्रतिस्पर्धा गरेको भएपनि कोइराला पहिलो चरणमा नै विजयी भए । पार्टीको १३औँ महाधिवेशनमा सभापतिका तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि आज सोमबार अपराह्न २ बजेदेखि ५ बजेसम्म राष्ट्रिय सभागृहमा पुनः मतदान हुने समितिका सचिव प्रदीप पराजुलीले राससलाई जानकारी दिए ।Nepali-Congress-Party-Flag
सभापतिको दोस्रो चरणको निर्वाचनमा पहिलो दुई जनाबीच मात्र प्रतिस्पर्धा हुने विधानको व्यवस्थाबमोजिम कावा सभापति पौडेल र वरिष्ठ नेता देउवाबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो चरणको निर्वाचनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सबैभन्दा कम मत प्राप्त गरेकाले उनी दोस्रो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिने भएका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment