जेल जीवनसँगै यसरी फेरिदै छ सञ्जय दत्तको परिचय

काठमाडौं, २४ फागुन । केहि दिन अघि आफ्नो जेल जीवन भुक्तान गरि निस्किएका बलिउड अभिनेता सञ्जय दत्तको जेल जीवनले परिचय फेरिदिएको छ । उनले जेलमा हुँदा कागजको झोला बनाए, रेडियो कार्यक्रम चलाए । यतिले मात्रै नभएर अब उनको परिचयमा कवि पनि थपिने भएको छ । कैदी नम्बर ‘सि १६, ६५६’, सन् १९९३ को मुम्बई बम हमलामा दोषी ठहरिएपछि यरवडा जेल पुगेका सञ्जयले जेलमा रहदा केहि कविता लेखेका छन् । ५६ वर्षीय यी अभिनेताले जेल रहदा लेखेका कविताको संग्रह ‘सलाखेँ’नाम सहित सार्वजनिक हुने भएको छ । उक्त कितावमा पाँच सय सेर कविता समावेश हुने र सबै कविता उनले जेलमा बस्दा लेखेको बताएका छन् ।
उनले केही कविता वास्तविक जीवनसँग जोडिएर लेखेको बताएका छन् । उनले भने,‘लेखिसकेपछि कहिलेकाहिँ म आफैं अचम्ममा पर्थें । म सम्झन्छु मेरी श्रीमती मान्यता मलाई जेलमा भेट्न आइरहन्थिन् । एकदिन ज्वरो आएको बेला पनि उनी जेल आइपुगेकी थिइन् । त्यसपछि मलाई नरमाइलो लाग्यो ।’ उनले श्रीमतीको यस्तो हाल देखेपछि कविता लेखे, ‘आँखोंमेँ नामी थी, बदन तप रहा था, फिर भि ओठोँ पे हसी थी और बातोँमें प्यार था ।’ उनको कविता संग्रह बजारमा ल्याउन प्रकाशकसँग कुरा भैरहेको छ ।sanjaydutt
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment