पहाडमा प्वाल पारेर सुन्दर भूमिगत घर, बनाउँनै लाग्यो १२ वर्ष

केवल किराहरुले मात्र होइन जमिनमुनि घर बनाउने । यो दुनियामा यस्ता मानिसहरु पनि छन् जसले पहाडमा सुरुंग खनेर बस्ने घर बनाउँछन् ।
कोस्टारिकाका एक मानिसले १२ वर्ष लगाएर भूमिगत घर तयार पारेका छन् । ६३ फुट गहिरो सुरुंगमा उनले निकै कलात्मक भित्ता सहितको घर तयार पारेका हुन् ।
म्यानूएल ब्यारानेट्स नामका ती व्यक्तिको पूरै परिवार अहिले त्यहीँ भूमिगत घरमा बस्दछ । सान इसिड्रोस्थित उनको भूमिगत घर हेर्न मानिसहरुको घुइँचो लाग्ने गर्छ । उनले ध्वनी प्रदुषणबाट दिक्क भएर  यस्तो गुप्तबास तयार पारेका हुन् । यस्तो घरले आफुलाई जलवायु परिवर्तनबाट पनि बचाउने उनको भनाई छ ।
उनको यो भूमिगत घर २ हजार वर्गफिटमा फैलिएको छ । भित्र तिनवटा बेडरुम सँगै एक लिभिंग रुम र एउटा योगा कक्ष रहेको छ । जसलाई उनले वनस्पती सँगै प्रकाशले सजाएका छन् ।
भूमिगत घरभित्र रातो माटो तथा ज्वालामुखी चट्टानमा उनले कुँदेका कलाकृति निकै आकर्षक छन् । उनले यो घरको नाम टोपोलान्डिया राखेका छन् । आफुले कुटो र साबेलको मात्र प्रयोग गरेर यस्तो घर तयार पारेको उनको दाबी छ ।
हेरौँ यो विचित्र भूमिगत घरका दृश्यहरुunderground 6
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment