यो हो साढे १४ करोडको राँगो, लाखौँमा बिक्छ जसको विर्य -

एउटा राँगोको मूल्य कति पर्ला ? बढिमा लाख रुपैयाँसम्म । तर भारतमा भने साढे १४ करोड मूल्य पर्ने एउटा राँगो छ ।
दिल्लीको आइएसआरआरआइ पूसा क्याम्पसमा चलिरहेको किसान मेलामा ल्याइएको युवराज नामको उक्त राँगोलाई खरीदकर्ताले ९ करोड भारु मा किन्ने प्रस्ताव गरेका छन् ।
हरियाणाका किसान कर्मवीर सिंहले पालेको उक्त चर्चित राँगोको विर्य पनि निकै मूल्यवान छ । युवराज राँगोको विर्य बेचेरै कर्मवीरले वर्षदिनमा ५० लाख भारु कमाउने गरेका छन् ।
विर्यबाटै वर्षमा ५० लाख भारु कमाइदिएको उक्त राँगो कर्मवीरका लागि साँच्चीकै सुनको फुल पार्ने कुखुरीनै सावित भएको छ । त्यसैले ९ करोड भारुको अफर आउँदा पनि कर्मवीरले राँगो बेच्न इन्कार गरे ।
यो राँगोको विर्यको माग भारतको पन्जाब, हरियाणा, उत्तर प्रदेश तथा राजस्थान लगायतका विभिन्न राज्यहरुमा हुने गरेको छ । मुर्रा नश्लको यो राँगोलाई कर्मवीरले पन्जाबमा लागेको कृषिमेलाबाट खरीद गरेका थिए ।
८ वर्षको युवराजको उचाइ ५ फुट ९ इन्च छ भने यसको वजन १४ क्विन्टलरहेको छ । कर्मवीरले यो राँगोलाई दिनहुँ २० लिटर दुध तथा १९ किलो अन्न तथा खाँसपात खुवाउँछन् । साथै यो राँगोलाई उनले दिनहुँ ४ किलोमिटर हिँडाउँछन् । यो राँगोलाई पाल्नका लागि दिनमा ३ हजार भारु खर्च हुने गरेको उनी बताउँछन् ।
यो राँगोबाट दिनहुँ विर्य निकालेर उनले घरमै माइनस १९६ डिग्री सेल्सियसको तापक्रममा ५० लिटरको नाइट्रोजन कन्टेनरमा सुरक्षित स्टोर गर्दछन् र बिक्रि गर्दछन् ।
क्रिकेटर युवराज सिंहको नामबाट कर्मवीरले आफ्नो राँगोको नाम युवराज राखेको बताउँछन् । यो राँगोको पिताको नाम योगराज तथा आमाको नाम गंगा हो । युवराजले अहिलेसम्म भारतका विभिन्न ठाउँमा भएका पशु मेलामा आफ्नो दमदार उपस्थिति जनाइसकेको छ । अन्य विभिन्न २२ देशबाट आफु र आफ्नो राँगोलाई निमन्त्रणा आएको भएपनि भिमकाय राँगोलाई लिएर विदेश जान नसकेको उनी बताउँछन् ।bull-yu-with-singh624
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment