ख्याल गर्नुस् है... तपाईंले किन्न लागेको स्मार्टफोन नक्कली होला

आजभोली विश्वभरका बजारमा स्मार्टफोनले चकचकी मच्चाएका छन् । बजारमा आउने नयाँ नयाँ ब्रान्डका स्मार्टफोनको राम्रो बिक्री बितरण भयो भने त्यसबाट बढी नाफा कमाउन अन्य बिक्रेताले नक्कली स्मार्टफोन बनाउने गरेका छन् । 
 
त्यसैले तपाईं नयाँ स्मार्टफोन किन्न लाग्नुभएको छ भने सावधानी अपनाउनुहोस् । कतै तपाईं नक्कली स्मार्टफोनलाई बढी मूल्यमा खरिद गर्न त लाग्नुभएको छैन् ?
 
कहिलेकाहीँ स्मार्टफोनको ओरिजिनल प्याकेटमा पनि नक्कली सामान फेला पर्ने गरेको छ । त्यसैले खरिद गर्ने समयमा ख्याल गर्नुहोस र चेकजाँच गरेरमात्र किन्नुहोस् । जसका कारण तपाईंको हातमा नक्कली सामान नपरोस् । 
 
नक्कली हो कि हैन् भनेर जाँच गर्ने तरिका पनि सजिलो छ । सबैभन्दा पहिला जीएसएम एरिनामा गएर मोडलको सही नम्बर लेख्नुहोस् । बजार जानुभन्दा अगाडि तपाईंले घर मै यो काम गर्नुभयो भने तपाईंका लागि हितकर हुन्छ ।
 
फोन किन्नुभन्दा अघि उक्त फोनका बारेमा तपाईंले जतिधेरै जानकारी लिनुभयो तपाईंका लागि त्यति नै धेरै हितकर हुनेछ ।
 
जुन स्मार्टफोन तपाईंलाई मन परेको छ । त्यसका सबै फिचर्सका बारेमा जान्ने कोशिस गर्नुहोस् । 
 
त्यस्तै तपाईंले जुन मोबाइल किन्न लाग्नुभएको छ त्यसको मोडल नम्बर, अपरेटिङ सिस्टम, त्यसको भर्सन तथा वारेन्टी ग्यारेन्टीको पनि ख्याल गर्नुहोस् । 
 
एन्ड्रोइड फोनको सेटिङमा गएर हेर्नुभयो भने त्यहाँ अबाउट फोन भन्ने फिचर्समा गएर त्यसको अपरेटिङ सिस्टम पत्ता लगाउन सक्नुहुनेछ । 
 
आइफोन किन्न लाग्नुभएको छ भने सेटिङमा गएर जनरलमा पुगी अबाउटमा क्लिक गरेर पत्ता लगाउन सक्नुहुनेछ ।
 
जब तपाईं उक्त मेन्यूमा पुग्नुहुन्छ त्यहाँ तपाईंको डिवाइस नम्बर, ब्रान्ड नम्बर देखिनेछ । तपाईंले पहिले पत्ता लगाएको उक्त नम्बर मिलेमा त्यो फोन सही हुनेछ ।
 
स्मार्टफोनको आईएमईआई नम्बर पनि अबाउट या अबाउट फोनमा मिल्नेछ । सबै फोनमा फरक फरक आईएमईआई नम्बर हुन्छ । त्यसलाई वेभसाइटमा हालेर तपाईंले आफ्नो फोन सक्कली वा नक्कली पत्ता लगाउन सक्नुहुनेछ । 
 
यदी आईएमईआई नम्बर सही भएन भने मान्नुहोस् त्यो फोन नक्कली हो या त चोरीको हो । 
 
त्यसैले नयाँ स्मार्टफोन किन्दा केही समय मेहनत गरी खोजबिन गर्नुभयो भने सक्कली तथा राम्रो स्मार्टफोन तपाईंको हात लाग्नेछ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment