रत्नपार्कमा निःशुल्क इन्टरनेट सुविधा

काठमाडौं, चैत ५ - काठमाडौंको रत्नपार्कमा शुक्रबारदेखि निःशुल्क इन्टरनेट सुविधा सुरु भएको छ। रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गरिएकाे हो । 
एक वर्षसम्म बन्द रहेर गएको असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको पार्कमा दैनिक झण्डै एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् । इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइको अपेक्षा गरिएको छ ।
इन्टरनेटसँगै अवलोकनकर्ताले खाजा घर र व्यवस्थित किसिमको शौचालयको समेत माग गरेका छन् । यस पार्कको पुनःनिर्माणपछि सर्वसाधारणका लागि २५ र विद्यार्थीका लागि १५ रुपैयाँ शुल्क लिएर प्रवेश दिने गरिएको छ । रासस
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment