|
एजेन्सी । किङ अफ गुड टाइम्स नामले चिनिने भारतका अर्बपति व्यवसायी एवं राज्यसभा सदस्य विजय माल्या ९ हजार करोड रुपैयाँ कर्जामा डुबेर भारतबाट भागेपछि एकाएक चर्चामा आएका छन् ।

उनी अहिले भारतबाट भागेर लण्डनमा बसिरहेका विजय माल्यालाई मनि लन्ड्रिङको मुद्दा चलिरहेको छ । शुक्रबार अदालतमा पेश हुनुपर्नेमा उनले अप्रिलसम्मको समय माग गरेका छन् तर उनी भारत फर्कनेमा धेरैले सन्देह गरेका छन् । कुनै बेलाका अर्बपति कसरी एकाएक टाट पल्टिए ।
आमा ललिता रमैया र रक्सी व्यवसायी पिता विट्ठल माल्याको सन्तानको रुपमा सन् १९८८ को डिसेम्बरमा उनको जन्म भएको थियो । उनी ४ वर्षको हुँदा नै उनका पिताले उनका लागि एउटा लग्जी कार किनेका थिए । विजय जब ९ वर्षका थिए तब उनको बुवालाई लाग्यो कि उनको ध्यान पढाईमा छैन । तब उनको पिताले उनलाई खुब गाली गरे र एक थप्पड पनि लगाइदिए । व्यवसायमा सफल भएपछि विजय माल्याले अन्तरवार्तामा भन्ने गर्थे बुवाको थप्पडले मेरो जिन्दगी बदलियो ।
१७ वर्षको उमेरदेखि नै आफ्नो बुवाको यूनाइटेड ब्रेवरीज ग्रुपमा उनले काम गर्न सुरु गरेका थिए । दक्षिण क्यालिफोर्निया विश्वविद्यालयबाट बिजनेश एड्मिनिस्टे«शनमा पीएचडी गरेका उनले बुवाको निधन पछि २८ वर्षको उमेरमा उनले उक्त कम्पनीको जिम्मेवारी पूर्ण रुपमा आफ्नो काँधमा लिएका थिए । सन् १९९५ मा विजय माल्याले किङ्गफिशर नामक बीयर उत्पादन सुरु गरे । सन् १९९९मा उनले त्यसलाई पुनः किङ्गफिशर स्ट्रङ्गको नामबाट बजारमा ल्याए । यो उत्पादनले भारतभरीमै उनको कम्पनीको बीयरको बिक्रीलाई बढाइदियो ।
कम्पनीका लागि मार्केटिङ एउटा सशक्त हतियार थियो। यो बुझेका विजय माल्या भारतका राम्रा विजनेश स्कुलहरुमा आफै पुग्थे र त्यहाँका सबैभन्दा होनहार युवाहरुलाई आफ्नो कम्पनीका लागि छान्थे । ती युवाहरुले उनको कम्पनीका लागि मार्केटिङ रणनीति बनाउँथे। त्यतिबेला नै उनले भारतमा धेरैले हेर्ने लोकप्रिय सिरियल द बोल्ड एण्ड द ब्यूटीफूलमा रिज फोष्टरको भूमिकामा देखिउका अमेरिकी कलाकार राँन मासलाई लिएर किङ्गफिशरको विज्ञापन बनाएका थिए । उनको कम्पनीको किङ्गफिशर बीयर आज पनि सबैभन्दा बढी बिक्री हुने रक्सीको ब्राण्ड हो । यसले नै उनलाई लिकर किङ्गको रुपमा चिनायो ।
यति मात्र हैन उनले त्यसको साथसाथै किङ्गफिशर क्यालेण्डर पनि सार्वजनिक गर्न थाले । उनको क्यालेण्डरमा बलिउडदेखि ठूला ठूला कम्पनीहरुको पनि आँखा गड्न पुग्यो । आज बलिउडमा राज गरिरहेका कतिपय हिरोइनहरु जस्तै कि दिपिका पादुकोण, कट्रिना केफ, नरगिस फाक्रि, लिजा हेडन, याना गुप्ता, इशा गुप्ता लगायतलाई चिनाउने काम नै किङ्गफिशर क्यालेण्डरले ग¥यो ।
माल्याको आफ्नै छवि पनि उनको व्यापारभन्दा बढी चर्चामा थियो । उनले दिएको सानदार पार्टी, युवतीहरुसँगको उनको तस्वीरहरु र उनको लाइफस्टायल सबैको आकर्षणको केन्द्र बन्न पुग्यो । यही क्रममा उनले लिलामीमा राखिएको टिपु सुल्तानको पुरानो तरवार ४ करोडभन्दा बढी भारतीय रुपैयाँ हालेर किनेका थिए । माल्याको व्यापार व्यवसायभन्दा पनि उनको लक्जरियस लाइफको धेरै चर्चा परिचर्चा हुन थालेको थियो ।
माल्याले आफ्नो छोरा सिद्धार्थ माल्याको १८औं जन्मोत्सवमा किङ्गफिशर एयरलाइन्स खोले । त्यही वर्ष उनले बैगपाइपर ह्विस्की र रोमानोभ भोड्का बनाउने मदिरा कम्पनी हरबर्टसन्स किने । फर्मुला १ नामक घोडाको रेसिङ टिम पनि किने । सन् २००८ मा उनी फेरि एक पटक समाचारहरुको हेडलाई बने जब उनले आइपीएल टीम रोयल चैलेन्जर्स बैगलुरुलाई १ सय १२ मिलियन अमेरिकी डलरमा किने । त्यति गर्दासम्म व्यापारमा नाफा घाटा गर्दै अगाडि बढेका विजय माल्यालाई सन् २०१० मा वर्ष व्यवासायीका रुपमा भारतमा अवार्ड पनि दिइएको थियो ।
यत किंगफिशर एयरलाईन्समा उनले पानी जस्तै पैसा बगाए । किंगफिशरलाई उनले फाइव स्टार होटलका रुपमा चिनाउने प्रयास गरे। किंगफिशरमा मोडललाई एयर होस्टेसका रुपमा लिइयो, यात्रीका लागि विदेशबाट महँगा पत्र पत्रिका मगाइए । कसैको प्लेन छुटे उसलाई अर्को एयरलाइन्सबाट समेत पठाउने व्यवस्था गरियो। यस्तैमा माल्याले कम मूल्यमा एविएशन कंपनी एयर डेक्कन किन्न खोजे । यो कोसिसलाई सफल गराउनका लागि उनले १२ सय करोड रुपैयाँ खर्च गराए । त्यसपछि एयर डेक्कनको नाम परिवर्तन गरेर किंगफिशर रेड राखे ।
माल्यालाई आशा थियो कि सस्तो टिकट राख्यो भने एयर डेक्कनका प्यासेन्जरहरु पनि किङ्गफिशरमै आउनेछन् । तर यस्तो भएन । यही बेला पेट्रोलियमको मूल्य महँगो भएको थियो भने प्रतिस्पर्धा अत्यन्त थियो । यसका साथसाथै किङ्गफिसरको खर्च पनि बढ्दै गएको थियो ।कम्पनीको ब्यालेन्स सिट नहेरी बिजनेशमा लगानी गर्ने र पैसा खर्च गर्ने माल्याको बानीले पनि किङफिशरलाई टाट पल्टिन मद्दत ग¥यो । सन् २००६र७ को आर्थिक वर्षमा किङ्गफिशरलाई ३ सय ४१ करोड रुपैयाँ घाटा भएको थियो जबकि २००८र९ को रेकर्ड अनुसार किङ्गफिशरमा १० लाख यात्रुले यात्रा गरेका थिए । सन् २०१० सम्मा विजय माल्या हजारौं करोड ऋणमा डुबिसकेका थिए ।
आफ्नो पारिवारिक व्यापारमा उचाई छुँदै गरेका माल्या जब व्यापारिक रुपमा एभियन विजनेशतिर लागे तबबाट नै उनलाई घाटा हुन थाल्यो । र पनि, उनको आलिसान जीवनमा कुनै कमी आएन भने उनले ऋणमाथि ऋण लिँदै गए । उनले कुनै पनि तालिकामा परिवर्तन गरेनन् ।
सन् २०१२ मा किङ्गफिशरले युरोप र एशियाका आफ्ना फ्लाइटहरु बन्द ग¥यो भने सम्पूर्ण रुपमा आफ्नो उडान भारतभरी मात्र सीमित ग¥यो । डोमेस्टिकमा पनि दिनमा ३ सय ४० फ्लाइट उडान भर्ने यसले १ सय २५ मा झार्न पुग्यो । तर पनि यो एयरलाइन्स ८ महिना पनि चलेन । सन् २०१३ मा यसका सम्पूर्ण सेवाहरु बन्द भयो । त्यतिबेलासम्म विजय माल्या ४ हजार ३ सय १ करोड भारतीय रुपैयाँको ऋणमा चुलुम्म डुब्न पुगेका थिए ।
यही जनवरीमा मात्र फेरि किङ्गफिशरले सुपर मोडलहरुलाई लिएर विकिनी क्यालण्डेर सार्वजनिक ग¥यो । तर यही वर्ष नै विजय माल्या संसारभका धनीहरुको १ सय भित्रको लिष्ट बाट बाहिरिन पुगे । आजको मितिसम्म उनमा ९ हजार करोड भारतीय रुपैयाँ ऋण रहेको छ भने उनी अहिले देश छाडेर लण्डन पुगेका छन् ।
बैंकहरुले ऋण असुली गर्नका लागि उनको किङ्गफिशर हाउस लिलामीमा राखेका छन् । लिलामीमा राखेको भए पनि अन्तिम दिनसम्म सो हाउस खदिर गर्न कोही पनि आएनन् । त्यस्तै अहिले उनको लग्जरी जेटको लिलामी हुने भएको छ । २५ सिट रहेको यो जेट मुम्बइबाट अमेरिकासम्म कतै नरोकिकनै उडाउन सकिन्छ ।
- See more at: http://www.lightnepal.com/7780#sthash.e90oFShn.JJLV9NpK.dpuf
|
0 comments:
Post a Comment