समलिंगी तेस्रोलिंगीलाई किन यसरी हौस्याँउदै छिन हिसिला यमी ?

काठमाडौं, १३ चैत्र । ‘क्लिन काठमाडौं’ ‘ग्रिन काठमाडौं’ अभियानमा समलिंगी तेस्रोलिंगीले उत्साह पूर्वक सहभागिता जनाएका छन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीले अभियानका क्रममा विहान दुई घण्टा बौद्ध स्तुपामा सरसफाई गरे । नयाँ शक्ति नेपालले शुरु गरेको क्लिन काठमाडौं ग्रिन काठमाडौं अभियानमा यौनिक तथा लैंगिंक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको नेतृत्वमा समूदायका सदस्यले उत्साहका साथ बौद्ध स्तुपा परिसरको सरसफाई गरे ।
मन्दिर परिसरमा रहेको फोहोर हटाउन पाउँदा मनमा आनन्दको महसुस भएको नयाँ शक्ति अभियानकी केन्द्रिय परिषद् सदस्य समेत रहेकी समाजकी अध्यक्ष गुरुङले वताइन् । फोहोर हटाउँदै गरेका समलिंगी, तेस्रोलिंगीलाई नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले निकै हौस्याएकी थिइन् ।hisila
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment