|
काठमाडौं, १३ चैत । हलिउड निर्देशक लुदोभिक बर्नाडक ‘ला एसेन्सिअन’ नामक चलचित्रको छांयाकन नेपालमा भइरहेको छ । एक महिना नेपालमा छांयाकन हुने बताइएको छ ।
केही दिनअघि फ्रेन्च भाषाको ’ला एसेन्सिअन’ फिल्मको छांयाकन त्रिभुवन विमानस्थलमा गरिएको थियो । तीन दिनको राजधानीको सुटिङ सिध्याएर फिल्म युनिट सगरमाथा वरपरको दृश्य खिच्न लुक्लातर्फ लागेको छ ।
एउटा फ्रेन्च युवाको सगरमाथा चढ्ने कथावस्तुमा फिल्म केन्द्रित रहेको बताइएको छ ।
हलिउड फिल्म ’लुसी’, ’थ्री डेज्स टु किल’ र ’टेकन्स टु’मा सह–निर्देशकको रुपमा स्थापित लुदोभिक बर्नाडको फ्रेन्स चलचित्रको छांयाकन नेपालमा सुरु भएको छ ।
हलिउड फिल्म ’लुसी’, ’थ्री डेज्स टु किल’ र ’टेकन्स टु’मा सह–निर्देशकको रुपमा स्थापित लुदोभिक बर्नाडको फ्रेन्स चलचित्रको छांयाकन नेपालमा सुरु भएको छ ।

|
0 comments:
Post a Comment