|
मलेसिया, १३ चैत । मलेसियामा चार सय ८ जना नेपाली विचल्लीमा परेका छन् । मलेसियामा कार्यरत कम्पनीमा आगलागी हुँदा ४ सय ८ जना नेपालीको राहदानी जलेको छ ।
जोहोरवारु स्थित अबस्थित इको शप मार्केटिङमा भएको आगलागीमा उनीहरुको राहदानी जलेको बताइएको छ । आगलागीपछि नेपाली कामदार बेकामे बनेका छन् । नेपाली कामदार बस्ने १६ वटा होस्टल समेत जलेर क्षतिग्रस्त भएका छन् ।
अहिले नेपाली कामदारहरूलाई खानबस्नसमेत समस्या रहेको बताइएको छ । कम्पनी प्रशासनले सबै कामदारको भिसा तथा पासपोर्टको बस्दोबस्त गरिदिने बताएको छ । राहदानी जलेर नष्ट भएका नेपाली कामदारहरूले आफूहरू समस्यामा रहेको भन्दै मलेसियामा रहेको नेपाली राजदूतावासमा सहयोगको अपील गरेका छन् ।

|
0 comments:
Post a Comment