|

कुश्मा बस्यालकाठमाडौं, १३ चैत । मदन भण्डारी फाउन्डेशनको आयोजनामा जनताको बहुदलीय जनबाद र समृद्धिको यात्रा बिषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा (एमाले)का नेता शंकर पोख्रेलले कार्यपत्र प्रस्तुत गरेका छन् ।
कार्यपत्रमा पार्टी तथा सरकारको कामलाई ब्यवस्थीत गर्ने सन्दर्भमा केन्द्रीत थियो । कार्यक्रममा नेता पोख्रेलले कार्यपत्र प्रस्तुत गर्दै पोख्रेलले पार्टी र सरकारका तर्फबाट भएका कामहरुको बारेमा जानकारी गराएका थिए । कार्यपत्रमा प्रधानमन्त्री र मन्त्रीहरुसँग पार्टी कार्यकताहरुको सहज पहुच स्थापना गर्न नसकिएको उल्लेख छ ।

कार्यक्रममा सरकारका प्रवक्ता तथा सन्चार एंव प्रविधिमन्त्री शेरधन राईले कार्यक्रमले पार्टी र सरकारको काम कारबाहीलाई सशक्त बनाउन महत्वपुर्ण भुमिका खेल्ने बिचार ब्यक्त गरे ।
कार्यपत्रमा ७५ जिल्लाबाट आएका नेताहरुबिच छलफल भइरहेको जारी छ । ७ प्रदेशमा समुह बिभाजन गरि कार्यपत्रलाई सुझाब दिनका लागी समुह–समुहमा छलफल भएको मदन भण्डारी फाउन्डेशन बाँके का अध्यक्ष सुर्य ढकालले बताए ।
कार्यपत्रमा ७५ जिल्लाबाट आएका नेताहरुबिच छलफल भइरहेको जारी छ । ७ प्रदेशमा समुह बिभाजन गरि कार्यपत्रलाई सुझाब दिनका लागी समुह–समुहमा छलफल भएको मदन भण्डारी फाउन्डेशन बाँके का अध्यक्ष सुर्य ढकालले बताए ।

पार्टी र सरकारलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा पनि छलफल भएको बताईको छ। कार्यक्रमलाई नेकपा एमालेका पार्टी सचिब प्रदिप ज्ञवाली , पृर्थीबि सुब्बा गुरुड ,किरण गुरुङ लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता नेकपा (एमाले)का सचेतक तथा पोलिटब्युरो सदस्य भानु भक्त ढकालले यो कार्यममले पार्टीलाई कमजोर होइन बलियो बनाउने बिचार गरे ।

कार्यक्रममा फाउन्डेशनकी केन्द्रीय अध्यक्ष उशाकिरण भण्डारीले जनताको बहुदलिय जनबाद र समृद्धिको यात्रा बिषयमा अब यसलाई कसरी अगाडि बढाउन सकिन्छ र जनताका बीच जनताको बहुदलिय जनबादलाई कसरी स्थापित गर्ने भन्ने बिषयमा बिचार ब्यक्त गरे
- See more at: http://www.lightnepal.com/7725#sthash.ll7uf6PW.gJZZU5r1.dpuf
|
0 comments:
Post a Comment