अन्नपूर्ण हिमालमा एक महिनादेखि हिमपहिरो

बेनी, १४ चैत । म्याग्दीको नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण साउथ हिमालमा एक महिनादेखि हिमपहिरो रोकिएको छैन । फागुन १० गते भीषण हिमपहिरो जाँदा धुलोका कारण तीन दिनसम्म पोखरा(जोमसोम हवाई उडानसमेत प्रभावित बनेको थियो ।
दैनिक ठूलो आवाजमा पहिरो खस्ने क्रम अझै नरोकिएको जानकारी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले दिए । अन्नपूर्ण साउथ हिमालको एक छेउबाट घलेम्दीखोला र अर्को छेउबाट रेलेखोला बग्छन् ।
दुवै खोला नारच्याङदेखि केही माथि आई नीलगिरि हिमाल भएर बग्ने मिरिस्टीखोलामा मिसिन्छन् । त्यही मिरिस्टी कालीगण्डकीमा मिसिने भएकाले अहिले कालीगण्डकीको सतह पनि बढेको छ । कालो हुने कालीगण्डकी दाना क्षेत्रबाट तल लेदो मिसिएकाले सेतो देखिएको छ । शुक्रबार बेलुका पनि ठूलो हिमपहिरो गयो, अध्यक्ष गुरुङले भने, ‘एकछिन त पानीको सतह एकदमै बढेको थियो ।’
शुक्रबार तुलनात्मक रूपमा घलेम्दीखोलाको सतह बढेका कारण नारच्याङ क्षेत्रमा निर्मित ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले निर्माण गरेको काठेसाँघु बगाएको आयोजनाका कम्पनी सचिव विमल रिजालले बताए । पानी निरन्तर धमिलो आइरहेको छ । बेसक्याम्प जानसक्ने स्थिति छैन ।
फागुन १० गते भीषण हिमपहिरो जाँदा धुलोका कारण तीन दिनसम्म पोखरा–जोमसोम हवाई उडानसमेत प्रभावित बनेको थियो । त्यहाँको अवस्था अहिलेसम्म यकिन भएको छैन, उनले भने । बादलजस्तै आकाशमा फैलिएको धुलोका कारण फागुन १२ मा पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दाना गाविसको सोलीघोप्टे डाँडामा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो ।
एक्याप र घलेम्दी जलविद्युत् आयोजनाबाट प्राविधिक टोली बेस क्याम्पसम्म जाने तयारी गरे पनि प्रतिकूल मौसम र अत्यधिक धुलोका कारण सफल हुन नसकेको आयोजनाले जनाएको छ । प्रहरीनिरीक्षक लोकेन्द्रसिंह गुरुङले निरन्तर हिमपहिरो खसे पनि कालीगण्डकी तटीय क्षेत्रमा कुनै प्रकारको जोखिम नरहेको बताए ।
घलेम्दीखोलाको सतह केही बढ्ने, केही घट्ने भइरहेको छ । यसले अहिलेसम्म भौतिक र मानवीय क्षति गरेको अवस्था छैन, उनले भने, ‘हाम्रो संयन्त्रलाई तयारी अवस्थामा राखेका छौं । सबै सतर्क रहनुपर्ला । प्रतिकूल मौसमका कारण हेलिकोप्टरबाट समेत त्यहाँ जान नसकेको उनले बताएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।Annapurna_mountain45
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment