|
सोभित थपलिया
काठमाडौं, १४ चैत । म्यानपावर व्यवसायीहरुले प्रहरी र सरकारका विरुद्वमा गरेको आन्दोलन तेस्रो साता नजिकै छ । व्यवसायीहरुले गरेको भद्र आन्दोलनका कारण रोजगारीका लागि विदेश जाने युवाको सख्या निकै घटेको छ ।
काठमाडौं, १४ चैत । म्यानपावर व्यवसायीहरुले प्रहरी र सरकारका विरुद्वमा गरेको आन्दोलन तेस्रो साता नजिकै छ । व्यवसायीहरुले गरेको भद्र आन्दोलनका कारण रोजगारीका लागि विदेश जाने युवाको सख्या निकै घटेको छ ।
जसका कारण वैदेशिक रोजगारीसँग सम्बन्धीत अन्य व्यवसायहरुमा समेत प्रत्यक्ष वा परोक्ष असर परेको छ । व्यवसायीहरुको आन्दोलनका कारण अभिमुखीकरण तालिम प्रदान गर्ने संस्था, कामदारको स्वास्थ्य परिक्षण गर्ने संस्थाका साथै ट्राभल्स एजेन्सीहरुलाई समेत असर परेको सम्बन्धीत व्यवसायीहरुको भनाई छ ।
सरकारले व्यवसायीको माग पुरा गर्ने भने पनि तेस्रो साताको नजिक आइपुग्दा पनि समस्या समाधान हुन नसकेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङको भनाई छ । सरकारी क्षेत्रबाट व्यवसायीहरुलाई चौतर्फी आक्रमण भएकाले संघले स्वास्थ्य व्यवसायी महासंघलाई कामदारको स्वास्थ्य परीक्षण नगर्न र अभिमुखीकरण व्यवसायी महासंघलाई कामदारलाई तालिम नदिन फागुन १८ मा पत्राचार गरेको गुरुङले बताए ।
हाल व्यवसायीहरुले भद्र आन्दोलन गरेका कारण सम्बद्व संस्थालाई आन्दोलनमा आउन आग्रह नगरेको उनले बताए । व्यवसायीको आन्दोलनमा स्वास्थ्य व्यवसायी महासंघ र वैदेशिक रोजगार मेडिकल एसोसिएसन, अभिमुखीकरण व्यवसायी महासंघले मौन समर्थन जनाएका छन् । तथापी उनीहरुले आन्दोलनकारीहरुसँग हातमा हात भने मिलाएका छैन्न् ।
व्यवसायीहरुले गरेको आन्दोलनका कारण व्यवसायमा ८० प्रतिशत भन्दा बढी क्षति पुगेको अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पुर्ण बहादुर मल्लको भनाई छ । व्यवसायीहरुले समय समयमा आन्दोलन गर्दै आएका छन् । अब यो आन्दोलन वार कि पार लाग्नु पर्छ । उनले भने ‘सरकार र व्यवसायीको आन्दोलनका कारण अभिमुखकिरण व्यवसायमा पनि ८० प्रतिशत क्षति पुरेका छ । २० प्रतिशत व्यक्तिगत रुपमा जानेले धानेको छ ।’
तत्काल अर्थतन्त्रमा समस्या देखियो भन्नु भन्दा पनि दिर्घकालीन समयमा समस्या ननिस्कने निर्णय आवश्यक भएको उनको ठहर छ । सरकारले स्वदेशमा पनि रोजगार दिन नसक्ने, अन्तराष्ट्रिय मापदण्डलाई अध्ययन नै नगरि ल्याएको ‘फ्रि भिषा’ ‘फ्रि टिकट’का कारण समस्या देखिएको हो ।
व्यवसायीहरुको आन्दोलनका कारण अधिकाश ट्राभल्स एजेन्सीहरु बन्द हुने अवस्थामा पुगेको व्यवसायीहरुको भनाई छ । अधिकांश ट्राभल्स एजेन्सी र म्यानपावर व्यवसायी आपसमा सम्बन्धीत भएका कारण ट्राभल्सहरु बन्द हुने अवस्थामा पुगेका छन् । नेपाल माउन्टेन ट्राभल्स प्रालिका सञ्चालक सुरेन्द्र न्यौपाने भन्छन,‘नयाँ टिकट पनि विक्री भएको छैन, पहिला विक्रि भएको टिकटको पैसा पनि रोकिएर बसेको छ ।
व्यवसायीहरु नै आन्दोलनमा भएको समयमा हाम्रो पैसा आउने सम्भावना हुँदैन ।’ सरकार र व्यवसायीहरुको समम समयमा देखिने द्वन्दका कारण समस्या उब्जिरहेको भन्दै समस्याको दिर्घकालीन समाधान गर्न आफुहरुको पनि आन्दोलनमा समर्थन रहेको न्यौपानेको भनाई छ । सरकारले बारम्बार व्यवसायीमाथी बारम्बार प्रहार गर्नु भन्दा एकै पटक ‘कि वार की पार’को आन्दोलन आवश्यक रहेको उनको ठम्याई छ ।
यस्तै वैदेशिक रोजगार मेडिकल एशोसिएसनका अध्यक्ष खडग बहादुर श्रेष्ठ व्यवसायीको आन्दोलनका कारण निकै क्षति पुगेको बताए । आन्दोलन लम्बिदे जाँदा व्यवसायमा क्षति पढने भएका कारण तत्काल समस्याको समाधान निकाल्नु पर्ने उनको भनाई छ । व्यवसायीले गरेको आनदोलनमा एशोसिएसनको पनि समर्थन रहेको जानकारी गराए ।
व्यवसायीहरुले गरेको आन्दोलनका कारण होटलमा भने खासै ठुलो असर नपरेको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष अमृत भुजेलको भनाइ छ । ‘म्यानपावरको व्यवसायी र हाम्रो व्यवसाय छुट्टै हो, हामी अन्य व्यवसायमा आश्रीत छैनौ, त्यसैले यो आन्दोलनले होटललाई कुनै असर गर्दैन’ उनले भने ।
उनले थपे,म्यानपावरमा आवद्व भएर चलाएका होटललाई असर भए पनि नयाँ बसपार्क, सुन्धारा, कलंकीका होटलमा कुनै असर परेको छैन । हामीले म्यानपावरमा आत्मनिर्भर भएर होटल चलाएका हैनौं ।’

|
0 comments:
Post a Comment