|
काठमाडौं, १४ चैत । अभावका बेला नेपाल आयल निगमका जिम्मेवार पदाधिकारी नै ग्यास कालोबजारीमा लागेको तथ्य फेला परेको छ ।
तोकिएभन्दा बढी ग्यास बेचिरहेका बेला प्रहरीले पक्राउ गरेको तेजबहादुर खड्का र पुष्पराज श्रेष्ठलाई नेपालगञ्जको भेरी ग्यास उद्योगबाट १६ सय ५० थान ग्यास दिन निगमका प्रबन्धक विनितमणि उपाध्यायले लेखेको पत्र फेला परेपछि निगम अधिकारी कालोबजारीमा लागेको तथ्य खुलेको हो ।
काठमाडौंका विभिन्न स्थानमा कालोबजारी गरिरहेका खड्का र श्रेष्ठ भेरी ग्यासका बिक्रेता होइनन् । डिलर नलिएकालाई ग्यास दिन पत्राचार गरेपछि भेरी ग्यासले उनीहरुलाई १६ सय ५० थान ग्यास पठाएको थियो । चरम अभावका बेला उनीहरुले प्रतिसिलिन्डर १० हजारसम्म लिएर ग्यास बेचेको प्रहरीको भनाई छ ।
चर्को मूल्यमा ग्यास बेचेको अभियोगसहित दायर मुद्दामा काठमाडौं जिल्ला अदालतले बयान लिँदा निगम पदाधिकारीले उनीहरुलाई ग्यास दिलाउने गरेको प्रमाण फेला परेको हो ।
प्रहरीले खड्का र श्रेष्ठलाई चर्को मूल्यमा ग्यास बेचिरहेको बेला पक्राउ गरेपनि उनीहरुले ग्यास कहाँबाट ल्याउँछन् भनेर विस्तृत अध्ययन गरेको नागरिक दैनिकमा समाचार छ ।
|
0 comments:
Post a Comment