|
काठमाडौं, १४ चैत । म्यानपावर कम्पनीको आन्दोलनलाई चाँडै निकास नदिँदा नेपालले पाउने २५ हजार भिसा गुम्ने भएको छ । सरकारले म्यानपावर कम्पनीको आन्दोलनलाई तुरुन्तै हस्तक्षेप नगरेमा २५ हजार भिसा गुम्ने भएको हो ।
तुरुन्तै कामदार नपाए खाडी मुलुकमा रोजगारदाता कम्पनी नेपाली कामदारको सट्टामा अन्य मुलुकबाट कामदार ल्याउन सक्रिय हुनेछन् । प्रहरीले ठगी आरोपमा म्यानपावर कम्पनीमाथि कारबाही गरेपछि वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
वैदेशिक रोजगार विभागका निर्देशक प्रवक्ता जनकराज रेग्मीले म्यानपावर कम्पनीको आन्दोलन चाँडै टुंगोमा पुर्याउन प्रयास भइरहेको बताएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
|
0 comments:
Post a Comment