सरकारको नि:शुल्क यातायात, बिहान ११ देखि साढे २ बजेसम्म मात्र सेवा :: Read More News>

काठमाडौं, ३ मंसिर - सरकारले बिहीबारदेखि सरकारी कर्मचारी बोक्ने बसलाई बिरामीलगायतका अन्य सर्वसाधारणका लागि निस्शुल्क रूपमा सञ्चालन गर्ने भएको छ। 

चारवटा सरकारी बस सर्वसाधारणका लागि बिहान ११ बजेदेखि साढे २ बजेसम्म मात्रै सञ्चालन हुनेछन्। सामान्य प्रशासन मन्त्रालयले एकीकृत परिवहन सेवाअन्तर्गत कर्मचारी बोक्न प्रयोग गरिने बस बिहीबारदेखि बिरामी तथा सर्वसाधारण बोक्ने कार्यमा समेत प्रयोग गर्न लागेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले चारवटा गाडी बिरामी तथा सर्वसाधारण बोक्न प्रयोग गरिने जानकारी दिए। प्रवक्ता पौडेलले जनताका लागि सञ्चालन गर्न लागिएको नि:शुल्क बस सेवाको सदुपयोग गर्न बिरामी तथा सर्वसाधारण जनतालाई आह्वान गरे।

यस्तो छ रुट
रुट नं १. पाटन अस्पतालबाट सातदोबाटो, कोटेश्वर, भक्तपुर क्यान्सर अस्पताल हुँदै पुन पाटन अस्पताल

रुट नं २. प्रसूतिगृह, वीर अस्पताल हुँदै टिचिङ अस्पताल महाराजगन्ज र सहिद गंगालाल अस्पतालसम्म पुगेर पुन प्रसूतिगृह फर्कने

रुट नं ३. सिंहदरबारबाट सिनामंगल, गौशाला, चाबहिल हुँदै महाराजगन्ज चक्रपथ र सहिद गंगालाल पुगेर पुन: सिंहदरबार फर्कने

रुट नं ४. निजामती अस्पतालबाट सहिदगेट, त्रिपुरेश्वर, कालिमाटी हुँदै कलंकी पुगेर पुनस् सोही रुट निजामती अस्पताल फर्कने
 -
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment