मधेशी मोर्चाले गर्‍यो यस्तो सकारात्मक निर्णय

काठमाडौं, ३ मंसिर । संघीय सीमांकन हेरफेर गर्नुपर्ने माग गर्दै तीन महिना भन्दा बढीदेखि तराई मधेशमा अनिश्चितकालिन आमअड्ताल जारी राखेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले औषधि आयत र विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
आमहड्ताल र भारतीय नाकाबन्दीका कारण मुलुकभरको जनजीवन सकसपूर्ण भइरहेका बेला बिहीबार बसेको मोर्चाको बैठकले मोरङको विराटनगर भन्सारबाट औषधि आयात गर्न दिने निर्णय गरेको हो ।
शुक्रबार देखि विद्यालय र क्याम्पसको बिहानी सत्रमा अध्ययन अध्यापन गर्न दिने निर्णय गरेको बैठकले औषधि, अक्सिजन र स्वास्य सम्वन्धी उपकरणहरु लगायत अत्यावश्यकीय बस्तु विराटनगर सीमाबाट ल्याउन दिने निर्णय गरेको हो ।
यद्यपी मोर्चाले आफ्नो आन्दोलन भने नरोकिएको पनि स्पष्ट पारेको छ । आफूले उठाएको मुद्दालाई वार्ता मार्फत सम्बोधन गर्न प्रमुख तीन दल अझै गम्भीर नभएको भन्दै मोर्चाले आन्दोलन अझै सशक्त बनाउने पनि निर्णय गरेको छ ।
सीमांकन हेरफेरको माग राखेर ९४ दिन देखि आन्दोलन जारी राखेको मोर्चाले ५४ औ दिन देखि भारतीय सीमानाका र राजमार्ग अवरोध गर्दा जनजीवन कष्टकर बनेको छ । साथै मोर्चाको सीमा अवरोधले असुरक्षित भएको भन्दै भारतले इन्धन लगायतको बस्तु नेपालमा आयात गर्न रोक लगाएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment