फेरि थप्यो टेलिकमले ग्राहकका लागि नयाँ सुविधा

नेपाल टेलिकमले नयाँ सुविधा ल्याएको छ। टेलिकमले जीएसएम पोस्टपेड सेवाका ग्राहकहरुले आवश्यक संख्यामा Close User Group (CUG) बनाएमा उक्त ग्रुपमा आवद्ध ग्राहकहरुलाई आगामी मंसिर १० गतेदेखि Voice Call मा निम्न अनुसारको महसुल दर लागू हुने बताएको छ।५० देखि १०० जना ग्राहकको CUG निर्माण गरेमा सो समूह भित्रका ग्राहकले एक अर्कामा ५० पैसा
१०१ देखि २०० जना ग्राहक भएमा ४५ पैसा र
२०१ देखि ५०० जना ग्राहक भएमा ४० पैसा प्रति मिनेटमा कल गर्न सकिनेछ।
उल्लिखित महसुल दरमा नियमानुसार लाग्ने कर भने समावेश नगरिएको पनि कम्पनीले बताएको छ। यो सेवा लिँदा सब्स्क्रीब्सन शुल्क नलगाइने कम्पनीको भनाइ छ।

Close User Group (CUG) सुविधा लिन चाहने कर्पोरेट समूहले ग्रुपमा राख्न चाहने ग्राहकको नामावली र अन्य कागजातसहित उपत्यकाको लागि मोबाइल सेवा निर्देशनालय पुल्चोक र उपत्यका वाहिरका लागि सम्बन्धित क्षेत्रीय निर्देशनालयमा सम्पर्क गर्नुपर्ने बताइएको छ ।

जीएसएम पोस्टपेड सेवाका ग्राहकहरुले मासिक रुपमा तिर्नुपर्ने न्युनतम महसुल तीन सय रुपैयाँभित्र नै यो सुविधा पनि उपभोग गर्न सक्नेछन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment