मन्त्रिमण्डल विस्तार आज यसकारण नहुने भयो

http://annapurnapost.com/Modules/News/Image/Default/काठमाडौं : आइतबार हुने भनिएको मन्त्रिमण्डल विस्तार आज नहुने भएको छ।
 
पार्टीभित्र थप छलफल तथा परामर्श गर्नुपर्ने भएकोले आजै मन्त्रिमण्डल विस्तारको संभावना निकै कम रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ। मन्त्रिमण्डल विस्तारभन्दा तत्कालका अरु समस्या प्राथमिकतामा रहेकोले मन्त्रिमण्डलले विस्तारै पूर्णता पाउने भएको छ । 
 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्ण अनलाइनसँग भने, 'मन्त्रिमण्डल विस्तार आज हुँदैन। यसमा छलफल तथा परामर्श जारी छ।' उनले पार्टीले मन्त्री छनोट गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएकोले शीर्ष नेताहरुसँग परामर्श गरेर छिटै विस्तार हुने दाहालले बताए।
 
उपराष्ट्रपति निर्वाचनको परिणाम घोषणा भएलगत्तै शनिबार साँझ र आइतबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री छनोटबारे एमाले नेताहरुको बैठक बसेको थियो। 
 
प्रधानमन्त्री केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएको तीन सात बिते पनि अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता पाएको छैन। असोज २४ गते प्रधानमन्त्री भएका ओलीले मन्त्रिपरिष्दमा आफ्नै पार्टीको प्रतिनिधित्व गराउन सकेका छैनन् । एमाले स्थायी समितिको कात्तिक १ गतेको बैठकले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्र आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री पठाउने निर्णय गरेको थियो ।
 
 
एमालेले आफ्नो भागमा परेका १० वटा मन्त्रालयमध्ये कति मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र कसकसलाई पठाउने भन्ने बारेमा शीर्ष नेताबीच अझै स्पष्ट सहमति जुट्न सकेको छैन। ओलीले प्रधानमन्त्रीको शपथ लिँदा असोज २५ गते एमालेका तर्फबाट कानुन तथा न्यायमन्त्रीमा अग्निप्रसाद खरेल, उद्योगमन्त्री सोमप्रसाद पाण्डे र बिनाविभागीय मन्त्रीमा सत्यनारायण मण्डल नियुक्त भएका थिए ।
 
एमालेका भागमा रक्षा, अर्थ, सूचना तथा सञ्चार, संघीय मामिला एवं स्थानीय विकास, स्वास्थ्य, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत परेका छन् । बिस्तार हुने मन्त्रिपरिष्दमा एमालेका तर्फबाट उपाध्यक्ष भीम रावल उपप्रधान एवं रक्षामन्त्री र उपमहासचिव विष्णु पौडेल अर्थमन्त्री बन्ने संभावना छ। त्यस्तै श्रीमाया थकाली, पशुपति चौलागाईं, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल, आनन्द पोखरेल, प्रेम आले, शत्रुघन महतोलगायत मन्त्री हुने सूचीमा छन्।
 
एमालेले केही राज्यमन्त्रीसमेत नियुक्त गर्ने भएको छ । यसका साथै अन्य दलका पनि केही मन्त्री सहभागी गराउने गरी प्रधानमन्त्री ओली गृहकार्यमा जुटेको स्रोतले बतायो । एमाले स्थायी समिति बैठकले पार्टीको समग्र पक्ष र शक्ति सन्तुलनलाई समेत हरेर मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई दिइसकेको छ । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment