सुख्खा बन्दरगाहमा कन्टेनर अनलोड ठप्प ।

कार्तिक १३, २०७२- नाकाबन्दीका कारण इन्धन अभाव भएपछि सिर्सियास्थित सुख्खा बन्दरगाहमा कन्टेनर अनलोडको कामसमेत ठप्प भएको छ। इन्धन अभाव भएपछि रेल्वे र्‍याकबाट कन्टेनर अनलोड गरेर यार्डमा राख्ने लिफ्टिङ उपकरणहरूसमेत चलाउन नसक्दा यस्तो समस्या भएको हो। बन्द हडताल सुरु भएयता असुरक्षाको कारण देखाउँदै बन्दरगाहका कर्मचारीले लामो समय काम ठप्प पारेकोमा २ सातायता कन्टेनर अनलोडको काम मात्र हुँदै आएको थियो। बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिका प्रशासकीय अधिकृत रामबाबु साहले डिजेल अभावका कारण रेल्वे र्‍याकबाट कन्टेनर अनलोड गर्ने उपकरण चलाउन नसकिएकाले मंगलबार कन्टेनर अनलोडको कामसमेत हुन नसकेको जानकारी दिए। कोलकाता बन्दरगाहबाट मंगलबार बिहान एउटा रेल्वे र्‍याक कन्टेनर लिएर यो बन्दरगाहमा आइपुगेको उनले जानकारी दिए। ‘एउटा र्‍याकमा ९० वटा कन्टेनर हुन्छ,’ साहले भने, ‘डिजेल अभावका कारण कन्टेनरहरू र्‍याकबाट झार्न सकिएको छैन, त्यो र्‍याक त्यत्तिकै उभिएको छ।’ ढुवानी सेवा प्रभावित भएपछि वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा ठूलो परिमाणमा मालबाहक कन्टेनर थन्किरहेको छ। कोलकाता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट यहाँ आइपुगेका ८ सय ७२ मालबाहक कन्टेनर यहाँ लामो समयदेखि थन्किएका हुन्। बन्द हडतालका कारण आयातकर्ताले यी कन्टेनर गन्तव्यसम्म लग्न नसकेका हुन्। तराई बन्द हडताल जारी रहे पनि कोलकाताबाट नियमित रूपमै रेल्वे र्‍याक आउने क्रम जारी नै रहेकाले यहाँ मालबाह कन्टेनर थपिने क्रम बढ्दै गएको छ। हाल पनि कोलकाता बन्दरगाहमा सिर्सिया सुख्खा बन्दरगाह आउने प्रतीक्षामा २ सय ८० कन्टेनर बसेको साहले जानकारी दिए। बन्दरगाहका मजदुरले पनि अनलोडबाहेकको काम नगरेकाले कन्टेनर तथा बल्क कार्गो मालसामान यार्डमा भण्डारण गरी राख्नसमेत समस्या भइरहेको छ। यसअघि नै बन्दरगाहमा ५० हजार टनभन्दा बढी रासायनिक मल गोदाममा थन्किएकामा हल्दिया बन्दरगाहमा थप एक र्‍याक मल लोड भएर यहाँका लागि हिँडेको उनले बताए। लामो समयदेखिको बन्द हडताल र पछिल्ला दिनमा एस्कर्टिङमा समेत मालसामान नलगिएपछि तेस्रो मुलुकसँगै भारतबाट आयात भएका रासायनिक मल, औद्योगिक कच्चा पदार्थ आदि ठूलो परिमाणमा थुप्रिएका छन्। यसअघि नै यो बन्दरगाहमा १ लाख टनभन्दा बढी सामान (बल्क कार्गो) थुप्रिएको छ। हाल बन्दरगाहको बीसीएन गोदाममा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको समेत गरी करिब ६० हजार टन मल, फलाम, गहुँ, मकै, स्पन्ज आइरनलगायत वस्तुसमेत गरी करिब १ लाख मेट्रिकटन मालसामान थन्किएका छन्।http://assets-cdn.ekantipur.com/images/kantipur/money-finance/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment