काँकरभिट्टा नाकामा भारतबाट थप कडाई

http://annapurnapost.com/Modules/News/Image/Default/काँकरभिट्टाः विहीबार २० वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल पठाएको भारतीय पक्षले शुक्रबार साँझसम्म काँकरभिट्टा नाकाबाट दुईवटा ट्यांकरमात्र नेपाल आउन दिएको छ । 
 
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीका अनुसार भारतले तेल बोकेका ट्यांकर रोक्नुका साथै तेस्रो देशबाट आयात गरिएका कन्टेनरहरु समेतलाई नेपाल छिर्न दिएको छैन ।
 
उनले भने, ‘भारतीय उत्पादनलाई मात्र नेपाल आउन दिइरहेको छ । तेस्रो देशबाट आयात गरिएका सामान लिएर आएका कन्टेनर पानी ट्याङ्की चेकपोस्ट मै अड्किएर बसेका छन् ।’
 
शुक्रबार साँझसम्ममा भारतको पानी ट्याङ्कीमा चारवटा तेलका ट्यांकर आइपुगे पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले छोडेको छैन । 
 
ति ट्यांकर कतिबेला भारतले छोड्ने हो कुनै सूचना नआएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अधिकारीले बताए । विहीबार ६२ वटा मालबाहक सवारी साधन छोडेको भारतले शुक्रबार ३९ वटा ट्यांकर मात्र नेपाल आउन दिएको छ । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment