भारतले छोड्यो २ लाख ५६ हजार लिटर डिजेल

धनगढी– भारतवाट गौरीफन्टा नाका हुँदै शनिबार धनगढी १४ वटा तेलका टयाङ्कर भित्रिएका छन्। नेपाल आयल निगम क्षेत्रीय कार्यालय प्रमुख शरद पौडेलका अनुसार शनिबार २ लाख ५६ हजार लिटर डिजेल धनगढी आइपुगेको छ।

भारतको बनथरा तेल डिपोले तीन दिन यता तेल बढाएर दिइरहेको छ ।

२० हजार लिटर क्षमताका ११ र १२ हजार लिटर क्षमताका ३ ट्याकङ्र गरेर १४ ट्यांकर डिजेल आएको हो। 'तीन दिनयता तेल बढाएर दिइरहेको छ,' पौडेल भन्छन्, 'भारतीय डिपोले तेल यही परिमाणमा दिन्छ कि अझै कटौती गर्ने हो भन्ने बुझ्न केही दिन अझै कुर्नु पर्छ।'

धनगढीबाट १ सय ६५ किलोमिटर दूरीमा रहेको भारत उत्तर प्रदेशको साहजानपुरस्थित इन्डियन आयल कर्पोरेशनको बनथरा तेल डिपोले नाकावन्दीका कारण मागबमोजिम नभई तेल कटौती गरेर दिदैं आएको छ। आवश्यकतको १० प्रतिशत अर्थात २÷३ ट्यांकर तेल मात्र दिने गरेको डिपोले पछिल्ला दिनमा परिमाण बढाउँदै लगेको छ। तीन दिनयता १२÷१३ ट्यांकर तेल दिइरहेको छ । पौडेल भन्छन्, 'केन्द्रवाट प्रत्येक दिन आउने निर्देशनका आधारमा तेल दिने भएकाले अहिले ढुक्क हुने अवस्था छैन।'

सुदुरपश्चिममा हुने खपतका आधारमा अहिले आइरहेको तेल पनि कम हो । नाकाबन्दी लगाउनु पहिले दिनमा औसत २० ट्यांकर तेल धनगढी भित्रिने गरेको पौडेलले बताएका छन्। नााकाबन्दीलगाएर १० प्रतिशत मात्र तेल दिइरहेको डिपोले केपी ओली प्रधानमन्त्री भएको दुई तिन दिनसम्म २० देखि २७ ट्यांकरसम्म तेल दिएको थियो । पछि अझमाथिको निर्देशन कटौती गर्नु भन्ने छ भन्दै तेल कम दिन थालेको पौडेलले बताए ।

सुदूरपश्चिममा औषत दिनमा ४० हजार पेट्रोल र ३ लाख लिटल डिजल खपत हुने गरेको छ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment