सुनचाँदी पसलले सुनमा फलाम मिसाएर बिक्री गरेको खुलासा :: Read more news >

दुर्गा उपाध्याय  - कञ्चनपुर, कात्तिक १३ – महेन्द्रनगरमा एउटा सुनचाँदी पसलले सुनमा फलाम मिसाएर बिक्री गरेको खुलेको छ । महेन्द्रनगरको लोकप्रिय सुनचाँदी पसलका सञ्चालक प्रसन्न लखेराले दोधारा–चाँदनी–२ का बस्ने हंस सिह साउदलाई सुनमा फलाम मिसावट गरेर बिक्री गरेको रहस्य खुलेको हो। 

लोकप्रिय सुनचाँदी पसलबाट भदौमा ८ दशमलव ७४८ ग्राम सुन खरिद गरि कानमा लगाउने मारवाडी बनाएको साउदले बताउनुभयो । ३८ हजार ६ सयमा खरिद गरेको उक्त सुन कालो हुन थालेपछि अर्को सुन व्यवसायीलाई देखाएर खोल्दा सुन भित्र फलाम राखेको भेटिएको उहाँले बताउनुभयो । ‘श्रीमतीलाई तिजका लागि सुन किने तर सुनकालो भयो’ साउदले भन्नुभयो, ‘भित्र फलाम राखेको हुनाले सुन कालो भएको रहेछ ।’ 

सुन कालो भएको भन्दै साउदले शुक्रबार उक्त सुन फिर्ता गरेको र क्षतिपूर्ती स्वरुप ६ हजार रुपैँया नगद सहित सुनसमेत फिर्ता पाएको बताउनुभयो । लोकप्रिय सुनचाँदी पसलका सञ्चालक लखेराले भने जोडमा फलामले टाँका मात्रै हानेको र सुनमा मिसावट नभएकोे दाबि गरे । Source - उज्यालो -http://www.dcnepal.com/images/news/10/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment