|
काठमाडौँ १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चुनावी हारको समीषा गर्न आज (आइतबार) केन्द्रीय समिति बैठक बोलाएको छ । आफ्नै प्रतिवद्दताविपरीत सभापति सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार बन्दा सबै महत्त्वपूर्ण पद गमेलगत्तै कांग्रेस बैठक बस्न लागेको हो ।
व्यवस्थापिका संसद्मा पहिलो दल भए पनि कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखमा पराजय व्यहोर्नु परेको छ । संविधान जारी गर्नुअघि एमाले नेतृत्वको सरकार गठन गर्ने, कांग्रेसले राष्ट्रपति लिने , एमाओवादीले सभामुख लिने सहमति सभापति कोइरालाले नै उल्लंघन गरी प्रधानमन्त्रीको उम्मेदवार बनेपछि कांग्रेसले सबै महत्त्वपूर्ण पद गुमाउनु परेको थियो ।
प्रधानमन्त्री निर्वाचनमा सभापति सुशील कोइराला स्वयं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पराजित हुनुपरेको थियो भने अन्य निर्वाचनमा पनि कांग्रेसको तर्फबाट उठेका उम्मेदवार पराजित भएका थिए। आजको राजधानी दैनिकमा खबर छ ।
|
0 comments:
Post a Comment