सरकारसँग मोर्चाको अन्तिम वार्ता १५ गतेः अध्यक्ष ठाकुर

महोत्तरी– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक दल तराई मधेस लोकन्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले कात्तीक १५ गते हुने वार्ता अन्तिम हुने बताएका छन्।
thakur.jpg
शुक्रबार महोत्तरीको मटिहानी नाकामा ३५ दिनदेखि जारी धर्नामा सहभागी हुन पुगेका तमलोपा अध्यक्ष ठाकुरले १५ गते मधेसी मोर्चा र सरकारबीच हुने वार्ता अन्तिम वार्ता हुने बताएको हो।

यसअघि सरकारी वार्ता टोलीले आफूहरुसँग सार्थक वार्ता गर्नका लागि पूर्ण विवरण लिएर आउन कात्तीक १२ गतेसम्मको समय लिएका थिए । तर खाकाविना नै उनीहरु वार्ता गर्न आएपछि मोर्चा र सरकारीबार्ता टोलीबीच भएको वार्ता निश्कर्षविहिन बन्न पुगेको अध्यक्ष ठाकुरले स्पष्ट गरे।

'कात्तीक १५ गते हुने वार्ताका लागि हामीले सरकारी वार्ता टोलीलाई मार्गचित्र अर्थात् रोडम्याप ल्याउन आग्रह गरेका छौं,' अध्यक्ष ठाकुरले भने, 'यदि सरकारी टोली रोड म्याप सहित वार्तामा नआए वार्ता वारे हामी सोच्न बाध्य हुने छौं।'

१५ गतेको वार्ता सार्थक नभए देश थप संकटमा फस्ने चेतावनी दिदैं अध्यक्ष ठाकुरले त्यसपछि वार्ताको कुनै औचित्य नरहेने बताए। सरकार अझै पनि मधेसीदलसँग वार्ता गर्न गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भने, 'सरकारले एकातिर लिखित सम्झौता गर्ने र संविधान शंसोधन गर्ने भन्ने गरेपनि अहिले पनि मधेस र मधेसी माथि दमन जारि छ यस्तो अवस्थामा सार्थक वार्ता कसरी हुन सक्छ ?'
- See more at: http://nagariknews.com/main-story/story/47858.html#sthash.nGUnweWK.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment