पूर्वगृहराज्यमन्त्री कँडेलमाथि भारतीय सूटरको गोली हान्ने प्रयास विफल

नवलपरासी, १३ कात्तिक । माओवादी युद्धदेखि पटक पटक आक्रमणको निशानामा पर्ने गरेका पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल शुक्रबार भारतीय सूटरको आक्रमणबाट जोगिएका छन् ।
devendra-raj-kandel
आफ्नो गृहजिल्ला नवलपरासीमा शुक्रबार दिउँसो साढे एक बजे दुई भारतीय सूटरले उनलाई घरमा बनेको पेस्तोलले गोली हान्ने प्रयास गरेका थिए । तर, उनी जोगिन सफल भए । उनको ज्यान जोगाएका थिए आफ्नै अंगरक्षक प्रहरीले ।
बडहरा दुबौलिया गाविसमा कार्यकर्तासँग बसिरहेको अबस्थामा भारतीय मोटरसाइकलमा आएका दुईजनाले एक्कासी पेस्तोल निकाल्दै गर्दा कँडेलका अंगरक्षकले उनीहरुलाई ढालिदिँदा कांग्रेस नवलपरासीका सभापति समेत रहेका कँडेलको ज्यान जोगिएको प्रहरीको भनाइ छ ।
उनलाई गोली हान्ने प्रयास गरेका दुई भारतीय नागरिक उज्वल गर्तौला र जोगेन्द्र पासवान पेस्तोलसहित पक्राउ परेका छन् । उनीहरु चढेर आएको भारतीय यूपी ५३ ए ९८५६ नम्बरको मोटरसाइकल स्थानियले आगो लगाइदिएका छन् ।भारतीय सूटरहरुले कसको योजनामा उनलाई हान्ने प्रयास गरेका हुन भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन भने अनुसन्धान भइरहेको बताइएको छ ।
कँडेलको घर भारतीय सिमानासँग जोडिएको महेशपुर बजारस्थित दशगजाबाट एक किलोमिटर दुरीमा पर्दछ । उनलाई गोली हान्न आउने भारतीयहरु कँडेलको निवासवाट दुई किलोमिटर दक्षिण भारतको ठुटिबारीका रहेका बताइएको छ ।
कडेलसँग नेपाल प्रहरीका सईको कमाण्डमा निजी सुरक्षाकर्मी पनि सधै रहन्छन् । माओवादी द्वन्द्वकालमा राजधानीमै आक्रमण पर्दा ७ गोली लागेर बाँच्न सफल भएका कँडेल चार वर्षअघि मधेस आन्दोलन चर्केको बेला आफ्नै निवासमा आक्रमण हुँदा मुस्किलले बाँचेका थिए । विस २०५४ र २०५६ मा गरि उनी दुईपटक गृह राज्यमन्त्री भएका थिए ।
- See more at: http://medianp.com/2015/10/71370.html#sthash.U3V5h0w8.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment