|
काठमाडौं, १४ कार्तिक । मुलुकको दोस्रो उपराष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा मतदान सुरु भएको छ । संसद भवनको ल्होत्से हलमा मतदान सुरु भएको हो । उपराष्ट्रपतिका लागि सत्तारुढ दलहरुको तर्फबाट नन्दकिशोर पुन पासाङ उम्मेदवार बनेका छन् । कांग्रेसका अमियकुमार यादव उम्मेदवार छन् । मतदान सकिएपछि २ बजेबाट मतगणना सुरु हुनेछ । साँझ ५ बजे बस्ने बैठकमा मथ परिणाम घोषणा हुनेछ ।
सत्तासाझेदार दल एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपालगायतका दलको समर्थन पुनलाई छ । सत्तासाझेदार दलको संसद्मा बहुमत भएकाले पुनले उपराष्ट्रपतिमा जित हासिल गर्ने सम्भावना छ ।
|
0 comments:
Post a Comment