सुनौली नाकाबाट आपूर्ति सहज हुँदै, दैनिक २ सय बढी गाडी नेपाल प्रवेश

http://annapurnapost.com/Modules/News/Image/Default/लुम्बिनी (रुपन्देही) : देशका अन्य नाकाको अवरोध जारी रहे पनि रुपन्देहीको बेलहिया नाकाबाट भने निर्वाध रुपमा इन्धनसहितका मालबाहक गाडी नेपाल आइरहेका छन् । 
 
मधेसी मोर्चाले सिमानाका बेलहियामा नाकाबन्दी गर्ने कार्यक्रम राखे पनि भारतीय पक्षले आन्दोलनकारीलाई सहयोग नगरेपछि पछिल्ला दिनमा बेलहिया नाकाबाट दैनिक २०० बढी गाडी नेपाल प्रवेश गरेका छन्। 
 
रुपन्देहीको बेलहियाका नाकाबाट मात्रै बिहीबार र शुक्रबार मात्रै झन्डै ५० वटा डिजेल र पेट्रोलका गाडी नेपाल प्रवेश गरेको तथा २० वटा बढी ग्यास बुलेट नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभयविक्रम शाहले जानकारी दिए।
 
उनका अनुसार बिहीबार सबैभन्दा बढी ३३ वटा डिजेल, चार वटा पेट्रोलसहित सयौँ गाडी नेपाल आएका थिए । त्यसैगरी शुक्रबार १५८ वटा ट्रकसहित २०० बढी मालसहितका सवारीसाधन एवम् बस, पिकअप, अक्सिजनका गाडी आएका छन् । 
 
उनका अनुसार आज बिहानैदेखि गाडी नेपाल आइरहेका छन्। भारतीय पक्षले कुनै पनि अवरोध नगरेपछि सहजरुपमा मालबाहक साधन नेपाल आएको रुपन्देही प्रशासनले जनाएको छ । 
 
भारतीय नाका सुनौली हुँदै ठूलोमात्रामा डिजेल तथा पेट्रोलका गाडी रुपन्देही आए पनि जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार यथावत् छ । 
 
सरकारले सम्बन्धित नाकाबाट आएको पेट्रोलियम पदार्थ सम्बन्धित जिल्लामा २५ प्रतिशत राखेर बाँकी काठमाडाँै पठाउन गरेको निर्देशनप्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
 
एसोसिएसनका महासचिव हरिराम कसौधनले विज्ञप्ति जारी गर्दै बेलहिया नाकाबाट आएको पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत रुपन्देहीमा राख्नुपर्ने जनाएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment