रिलिज नमिल्दा बारम्बार डुब्दै आर्यन र जीवन

फिल्म सफल हुँदा त त्यसमा काम गर्ने सबै मख्ख पर्छन् । तर, फिल्म नचल्दा त्यसको जिम्मेवारी कसले लिने भन्नेमा नै दुविधा देखिन्छ । फिल्म नचल्दा त्यसको जस सबैभन्दा धेरै निर्देशक र कलाकारमा जान्छ । तर, सधै फिल्म कलाकार र निर्माताको कारणले मात्र असफल हुन्छ भन्ने छैन । कहिलेकाही फिल्म प्रदर्शनको समय मिलाउन नसक्दा पनि सम्भावना भएका फिल्मले हावा खाएका छन् ।  

अभिनेता आर्यन सिग्देल यो मर्कामा धेरै परेका छन् । उनले अभिनय गरेको फिल्म ‘अलबिदा’ गतबर्षको पौष २७ गते चलेको थियो । तर, निर्माताले हल कति पाइन्छ भनेर समेत राम्रोसँग नवुझ्दा फिल्मलाई घाटा लाग्यो । ‘अलबिदा’सँगै रेखा थापा अभिनित ‘तथास्तु’ र युवापुस्ताको कथामा बनेको ‘आभाष’ फिल्म चलेको थियो । ‘अलबिदा’ डुब्यो, आर्यनको एक्सन स्टाइल पनि डुब्यो । अहिलेको दसैंमा पनि यस्तै भयो ।

आर्यन अभिनित फिल्म ‘सुश्री’ नडुब्न संघर्षरत छ ।  फिल्म नचलेपछि आर्यनको भागमा यसको जिम्मेवारी त जाने नै भयो । तर, अन्य ३ फिल्मले पाउने हल र आफूले पाउने हल समेत निर्माताले वुझेनन् । वितरकले जे भन्यो त्यसकै पछि दौडदा अभिनेतालाई घाटा लाग्यो ।भदौ २५ गते फिल्म ‘धुन’को रिलिज पनि तारतम्मे नमिल्दा अभिनेता जीवन लुइटेललाई घाटा लाग्यो । फिल्मको कुनै प्रचार नै गरिएन । जसका कारण फिल्म आएको र गएको नै दर्शकले थाहा पाएनन् । फिल्म नचलेपछि अभिनेता जीवन लुइटेलको स्टारडमले काम नगरेको टिप्पणी त हुने नै भयो । तर, जे भएपनि नेपालमा फिल्मको तारतम्मे मिलाउन नसक्दा कैयौ फिल्म डुबेका छन् ।

गतबर्षको तिहारमा पनि जीवन अभिनित फिल्म ‘स्टूपिड मन’को हाल यस्तै भएको थियो । तिहारमा छविराज ब्यानरमा लज्जा र साहरुख खान अभिनित फिल्म ‘ह्याप्पी न्यू इयर’सँग जुधेकाले राम्रो बनेर पनि ‘स्टूपिड मन’ चलेन । जसको प्रत्यक्ष असर अभिनेता जीवन लुइटेलको करिअरलाई पर्यो । आर्यन र जीवन मात्र होइनन्, निर्माताले फिल्म चलाउन नजान्दा धेरै कलाकारलाई त्यसको असर परेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment