नाकाबन्दी सफल प/र्न भारतले ल्यायो यस्तो नीति

काठमाडौँ १५ कार्तिक । ट्यांकर चालकले सुरक्षाको ग्यारेन्टी नहुन्जेल भारततर्फ पेट्रोलियम लिन नजाने अडान लिएका छन् । चालकले शनिबार नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरअगाडि एक घण्टा धर्ना बसेर यस्तो अडान लिएका हुन् ।
शनिबार चालक भारत नगएपछि जोगबनी नाका भएर एउटा पनि इन्धन बोकेको ट्यांकर नेपाल आएनन् । भारतको बरौनी डिपोमा तेल भर्न गएका चालक र सहयोगीलाई भारतीय प्रहरीले तीन दिनअघि जोगबनीमा कुटपिट गरेको थियो । शान्तिसुरक्षाको प्रत्याभूत गर्न चालकले माग गरेका छन् ।
अखिल नेपाल यातायात मजदुर संगठन विराटनगरका सचिव सन्तोषकुमार बुढाथोकीले ढुवानी नरोक्न पहल भइरहेको जानकारी दिदैँ भने,‘सुरक्षा नहुने हो भने भारततिर तेल लिन जान सक्ने अवस्था छैन । तर हामीले जान चालकलाई मनाउने काम गरिरहेका छौँ ।’ मजदुरको समस्या समाधानका लागि छलफल भइरहेको पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायिक संघका अध्यक्ष गुणराज निरौलाले बताए । उनले भने,‘ असुरक्षित भएकैले चालकले जान मानेका छैनन् ।’
मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भारतीय सुरक्षा निकायसमक्ष कुटपिटमा संलग्न भारतीय प्रहरीको पहिचान गरेर कारबाही गर्न माग गरिएको जानकारी दिए । जोगबनी नाकाबाट शनिबार इन्धन नआए पनि औद्योगिक कच्चा पर्दाथसहित ८० भन्दा धेरै गाडी नेपाल भित्रिएका छन् ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment