|
सुवा– चीनले अनुदानमा दिने भनेको १ हजार मेट्रिकटन (१३ लाख लिटर पेट्रोलियम पदार्थ) मध्ये पहिलो खेपको तेल भर्नका लागि शुक्रबार नेपाल आयाल निगमको १२ वटा ट्याङकर रसुवा आइपुगेका छन्।
शुक्रबार टिमुरेमा बसेर ट्याङकर शनिबार बिहान तेल भर्नका लागि केरुङ जाने तयारीमा छन् । रसुवा आइपुगेका ट्याङकरलाई शुक्रबार रसुवाका स्थानीयबासी तथा नागरिक समाजले सदरमुकाम धुन्चेमा स्वागत गरका थिए।
रसुवा आईपुगेको ट्याङकरलाई टिमुरेमा राख्ने र सुरक्षाको व्यवस्था मिलाउने जिम्मा शसस्त्र प्रहरी सीमा सुरक्षा बललाई दिईएको शसस्त्र प्रहरीका नायव उपरीक्षक दर्शन गिरीले बताए । शनिबार बिहान केरुङ पुगेर तेल भरिएपछि शनिबार बिहान १० बजे चीनले सीमा नाका रसुवागढीबाट तेलको ट्याङकर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । ट्याङकरसँगै नेपाल आयाल निगम र पेट्रोलियम ढुवानी महासंघका पदाधिकारीसहितको टोली पनि आइपुगेका छन् । चीनले दिने अनुदानको तेल पहिलो चरणमा १ लाख ४४ हजार लिटर अर्थात् १ सय टन पेट्रोल आउने छ। कार्यक्रममा चीनका लागि नेपालका राजदुत महेश मास्के र ल्हासाका महाबाणिज्य दूत हरि बस्याल र चिनियाँ राजदूताबास काठमाण्डौंका डिसियम च्याङ जी र स्थानीय प्रशासन सहभागी हुने कार्यक्रम रहेको छ ।
चीनबाट तेल आउने भएसँगै नेपालतर्फ रसुवागढी सीमा नाकामा सशस्त्रको सीमा सुरक्षा बल तैनाथ गरिएको छ । चीनबाट अनुदानमा आएको तेल सुरक्षित हिसाबमा राजधानी काठमाण्डौं पठाउने व्यवस्था मिलाइएको छ । चीनले अनुदानमा दिने पेट्रोल केरुङमै सिल गरेर काठमाडौं पठाइने बताइएको छ ।

0 comments:
Post a Comment