आज केरुङबाट इन्धन नेपाल भित्रिँदै

काठमाडौँ १४ कार्तिक । चीनले अनुदानमा दिन लागेको पेट्रोलियम पदार्थ लिन पहिलो चरणमा १२ वटा नेपाली ट्यांकर रसुवागढी आइपुगेको छ । नेपाल र चीनबीच गत बुधबार बेइजिङमा तेलसम्बन्धी औपचारिक सम्झौता भएपछि १२ वटा ट्यांकर शुक्रबार केरुङका लागि काठमाडौंबाट हिँडेका थिए । भारतले गरेको अघोषित नाकाबन्दीको झन्डै डेढ महिनापछि नेपालले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने भएको छ ।
रसुवा आइपुगेका ट्यांकरहरुलाई नागरिक समाज रसुवाले सदरमुकाम धुन्चेमा स्वागत गरेको छ । नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले ट्यांकरका चालक र सहचालकलाई खादा लगाई स्वागत गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment