भूकम्प गएको सात महिनापछि लाप्राकमा बल्ल बत्ति बल्यो

गोरखा, १४ कात्तिक । भूकम्प गएको सात महिनापछि गोरखाको लाप्राक गाउँमा बिजुली बलेको छ । पन्ध्र किलोवाटको लिस्याङ्पुक खोला लघुजलविद्युत् आयोजना मर्मत सम्भार पछि गाउँका हरेक टहरामा बिजुलीवत्ती बलेसँगै स्थानिय हर्सित भएका छन् । उक्त आयोजना भूकम्पले गर्दा बिग्रेको थियो । तत्कालका लागि प्लेनपातालाई बेरेर पानीको पाइप बनाएर काम चलाइएको छ । यसरी मर्मत गर्दा पनि पाँच लाख रुपियाँ ऋण लागेको खबर छ ।
अहिले उत्पादन गरेको विजुली लाप्राकको पुरानो गाउँका घरमा जडान गरिएको छ । भग्नावशेष जीर्णोद्वार गरेर ठड्याइएको घरमा राखिएको अन्न मुसाबाट जोगाउन घरमा बत्ति बाल्नु अनिवार्य भएको गाउँलेको भनाइ छ । भूकम्पपछि लाप्राकीहरु गुप्सीपाखामा टहरो बनाएर बस्दै आएका छन् । गुप्सीपाखामा भने बिजुली सुविधा छैन । सौर्य ऊर्जाबाट बत्ती बालिएको स्थानियको भनाई छ ।
गुप्सीपाखामा बिजुली पु¥याउन २६ किलोवाटको नाङ्कोहोङ लघु जलविद्युत् आयोजना मर्मत गर्न लागिएको स्थानीयले बताएका छन् । उक्त आयोजना पनि हालैको भूकम्पले बिग्रेको छ । आयोजना मर्मतका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग आर्थिक सहयोग माग गरिएको छ । लाप्राकमा ४९५ टहरो रहेका छन् ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment