नूडल्सको शोखिन हुनुहुन्छ ? यो खबर अबश्य पढ्नुहोस

काठमाडौं, दुइ मिनेटमा झटपट तयार हुने इन्स्टान्ट नूडल्स बच्चाहरूलाइ मात्र हैन ठुला मानिसहरूलाइ पनि निकै मन पर्दछ, यति मात्र नभै यसलाइ बनाउन पनि सजिलो छ । यदि तपाइँ पनि इन्स्टेन्ट नूडल्स धेरै खानु हुन्छ भने यसले तपाइँको स्वास्थ्यमा खतरा पुर्याउन सक्ने देखिएको छ ।
वुमेन्स हेल्थमा प्रकाशित अनुसन्धान अनुसार इन्स्ट्यान्ट नूडल्सको धेरै सेवनले मानिसहरूलाइ गम्भिर रोगहरू समेत लाग्न सक्ने देखिएको छ । द जर्नल अफ न्यूट्रिशनमा प्रकाशित एक अनुसन्धान  रिपोर्टमा बताइए अनुसार दुइ मिनेटमा तयार हुने नूडल्स, यहि बिशेषताहरूका कारणलेनै मानिसहरूमा हृदयघात, डाइबेटीज र स्ट्रोक जस्ता समस्याहरूको कारण बन्न सक्दछ ।
अनुसन्धानकर्ताहरूले इन्स्ट्यान्ट नूडल्स खानाले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक स्थितिको सम्बन्ध हुने बताएका छन, जसमा कार्डियो अर्थात हृदय सम्बन्धी र मेटाबोलिज्म सम्बन्धी समस्याहरूको खतरा हुने गर्दछ ।बेलर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको आफ्नो अध्ययनको आधारमा यो दावी गरेका छन कि जो महिलाहरू सातामा दुइ पटक मात्र इन्स्ट्यान्ट नूडल्स खाने गर्दछन, उनीहरूलाइ मेटाबोलिक रोगहरूको रिस्क ६८ प्रतिशत धेरै हुने गर्दछ ।

अर्कोतिर जो महिलाहरू सातामा एक पटक नूडल्स खान्छन उनीहरूमा यो रिस्क २६ प्रतिशत धेरै हुने गर्दछ । यद्दपी, नूडल्सको सेवनबाट पुरुषहरूमा यस समस्यासंग सम्बन्धित प्रमाण भने अहिले सम्म प्राप्त भएको छैन ।
अनुसन्धानकर्ताहरूले सन २००७ देखि लिएर २००९ सम्म महिलाहरूद्वारा इन्स्ट्यान्ट नूडल्सको सेवनको मात्रा र उनीहरूको स्वास्थ्यसंग सम्बन्धित तथ्याङ्कको आधारमा यो निष्कर्ष निकालेका हुन ।
nodels
- See more at: http://medianp.com/2014/10/36199.html#sthash.nwPWQtbY.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment