आज दिनभरिमा बिभिन्न नाका हुदै २ सय ३७ वटा इन्धनको गाडी नेपाल भित्रियो

काठमाडौँ १३ कार्तिक । अनुदानको रुपमा चीनले दिने तेल लिन ट्यांरक केरुङ पठाए लगतै भारतले नेपालमा पठाउने इन्धनको मात्र ह्वात्तै बढाएको छ । (आज) बिहीबार देसका बिभिन्न नाकाबाट दिनरभरमा २ सय वटा ३७ पेट्रोलियम ट्याकंर र ग्यास बुलेट नेपाल भित्रिएका छन् । नेपाल भित्रिएका मध्य २ सय भन्दा बढी तेल ट्यांकर रहेका छन ।
पुर्वी नाका काँकडभिट्टा नाका बाट २ वटा डिजेल ट्याकंर नेपाल आइपुगेका छन् । सबैभन्दा बढी रानी भन्सार बिराटनगर बाट १ सय ३८ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएको छ । बिराटनगर भित्रिएका मध्य ९३ वटा डिजेल, २८ वटा पेट्रोल र १७ वटा ग्यास बुलेट रहेको छ ।
यसैगरी भैरहवाको बेलहिया नाका हुदै ६५ वटा इन्धनका ट्यांकर नेपाल भित्रिएको छ । जस मध्य डिजेलका ४१ ट्याकंर र ४ ट्याकंर पेट्रोल तथा २० वटा ग्यास बुलेट आज मात्र नेपाल भित्रिएको छन् । नेपालको पश्चिमी नाका नेपालगञ्जबाट १७ ट्यांकर इन्धन नेपाल भित्रिएको छ । जस मध्य १४ ट्याकंर डिजेल रहेको छ भने ३ वटा ट्याकंर मट्टतिेलको रहेको नेपाल आयल निगमले जनाएको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment