|
काठमाडौं, १४ कात्तिक । मुलुकले दोश्रो राष्ट्रपतिका रुपमा तत्कालिन नेकपा माओवादी युद्धका कमान्डर नन्दकिशोर पुनलाई पाएको छ । मुलुकले दोश्रो तथा प्रथम महिला राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीलाई पाएको चौथो दिनमै उपराष्ट्रपतिका रुपमा युद्धका कमान्डर पुनलाई पाएको हो ।
शनिबार भएको नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनको ल्होत्से हलमा भएको उपराष्ट्रपतिको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी अमियकुमार यादवलाई ११३ मतले पच्छादै पुन दोश्रो उपराष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् ।
स्मरणरहोस् गएको बुधबार भएको राष्ट्रपतिको निर्वाचनमा पनि कांग्रेस उम्मेद्वार कुलबहादुर गुरुङलाई सत्तारुढ दलका उम्मेदवार एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी पनि ११३ मतले विजयी भएकी थिइन् ।
शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म चलेको उपराष्ट्रपतिको निर्वाचनमा पुनले ३२५ मत पाउँदा २१२ मत ल्याएर यादव पराजित भएका हुन् ।
उपराष्ट्रपति निर्वाचनको मत परिणाम सुनाउन साँझ बसेको व्यवस्थापिका संसदको बैठकमा सभामुख ओनसरी घर्तीले हाल कायम रहेका सदस्य संख्या ५९६ जना रहेको भएपनि ५४७ जना सांसदहरुले मतदान गरेका र त्यसमा पुनले ३२५ मत र याववले २१२ मत पाएको जानकारी दिइन् । साथै १० मत बदर भएको पनि सभामुख घर्तीले बैठकलाई जानकारी गराइन् ।
शुक्रबार उम्मेदवारी दर्ता गराएका चार जनामध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि पुन र यादवबीच प्रतिस्पर्धा भएको थियो ।
पार्टीलाई जानकारी गराएरै विदेश भ्रमणमा रहेकी एमालेका सभासद प्रभादेवी बज्रचार्यले मतदान गर्न पाइनन् भने राष्ट्रपति चुनावमा मतदान गरेकी माधवी रानी साह यो पटक मतदानमा सहभागी भइनन् । यस्तै यसअघि राष्ट्रपति चुनावमा भाग नलिएको मधेसी मोर्चाका सभासदहरु उपराष्ट्रपति निर्वाचनमा पनि अनुपस्थित भए ।
|
0 comments:
Post a Comment