|
काठमाडौँ, १४ कात्तिक । वार्ताबाटै मुलुकको समाधान खोज्नुपर्ने नेताहरुले बताएका छन् । रिपार्टर्स क्लब नेपालले शनिबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले मधेसका जायज मागलाई वार्तावाटै समाधान गर्नुपर्ने बताएका हुन । उनले नेपालको संविधान विश्वकै तुलनामा राम्रो भएको बताउँदै भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले नेपाल र भारत दुवैलाई फाइदा नपुग्ने स्पष्ट पारेका छन् ।
नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले मधेसीका मागलाई सम्बोधन गर्न सरकार तयार रहे पनि मधेसी राजनीतिक दलले जायज माग ल्याउन नसकेको बताएका छन् । उनले सीमाङ्कनको विषयलाई सङ्घीय आयोग बनाएर टुङ्ग्याउन सकिने बताउँदै मधेसमा आन्दोलन गर्नाको कुनै अर्थ नभएको उल्लेख गरे । नेता ज्ञवालीले तराईलाई हिमाल र पहाडसँग अलग गर्न नहुने विचार राख्दै जातीय आधारमा समेत राज्य बनाउन नहुँनेमा जोड दिएका छन् ।
थरुहट, थारुवान् सङ्घर्ष समितिका प्रवक्ता अमललाल मोदीले थारुका मागलाई मधेसी दलका मागसँग मिसाएर नहेर्न आग्रह गरेका छन् । उनले सीमाङ्कनलाई हेरफेर गरेर मधेसमा तीन प्रदेश बनाइनुपर्ने समेत बताए । सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् मोर्चा वार्ता समितिका सदस्य लालबाबु राउतले सरकारले वार्तामा बोलाउने तर आफ्ना मागलाई सम्बोधन गर्न आलटाल गर्ने गरेको आरोप लगाएका छन् ।
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले जनमतसङ्ग्रह गरेर मधेसका माग टुङ्ग्याउनु आवश्यक रहेको बताएका छन् ।
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले जनमतसङ्ग्रह गरेर मधेसका माग टुङ्ग्याउनु आवश्यक रहेको बताएका छन् ।
|
0 comments:
Post a Comment