एजेन्सी–अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्न नचाहने को होला ? पक्कै पनि, ओबामा आफ्ना जस्तासुकै इच्छा पूरा गर्ने सामथ्र्य राख्छन् । तर हालै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाको भ्रमणमा रहेका ओबामाको एउटा इच्छा पूरा हुन नसकेको विषय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा गतिलै चर्चाको विषय बनेको छ । अर्जेन्टिना भ्रमणका क्रममा ओबामा चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई भेट्न चाहन्थे तर उनले त्यो अवसर पाउन सकेनन् । २८ वर्षीय मेसीलाई भेटेरै छाड्ने इच्छा थियो ओबामाको । मेसीको खेल निकै मन पराउने छोरीहरु सासा र मालियासहित ओबामा यो दक्षिण अमेरिकी राष्ट्रको भ्रमणमा थिए । फुटबलमा विश्वभर नाम कमाएको अर्जेन्टिना पाँचपटक विश्व वर्ष फुटबलर बनेका मेसीको देशको नामले परिचित छ । मेसीको अमयअघि अर्जेन्टिनालाई डिएगो म्याराडोनाको देश भनिन्थ्यो । ओबामा आफैंले मेसीलाई भेट्न नपाएकोमा दुःख व्यक्त गरेका छन् । ‘मैले छोरीहरुलाई अर्जेन्टिना ल्याउनुको कारण उनीहरुलाई ब्युनस आर्यसको सुन्दरता देखाउनु थियो,’ ओबामाले भने, ‘उनीहरुले यसअघि नै अर्जेन्टिनाका धार्मिक गुरुपोप फ्रान्चिजसँग पनि भेटेका थिए । यसपटक उनीहरु मेसीलाई भेट्न चाहन्थे तर त्यसको प्रबन्ध मिलाउन सकिनँ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । -
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment